मन्थली नगर कार्यपालिका बैठकः ‘ल्याण्ड फिल्ड साइड’ को लागि नयाँ ठाउँको खोजी,काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने लगायतका निर्णय

| असोज २, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

२ असोज, रामेछाप । मन्थली नगरपालिका (मनपा) को टाउको दुखाईको विषय बनिरहेको ‘ल्याण्डफिल्ड साईड’ (फोहोर व्यवस्थापन केन्द्र) निर्माणको लागि फेरी नयाँ ठाउँको खोजी एवं पहिचान गर्ने भएको छ । ‘अघि अध्ययन गरिएका क्षेत्र प्राविधिक कारणले अनुपयुक्त भएकाले (मनपा) ८ र (मनपा) ११ को सम्भावित स्थान पहिचान गरी निर्माण कार्य अगाडि वढाउने’ नगरको गत भाद्र ३१ गते बसेको (मनपा) को १६ औं कार्यपालिकाको बैठको निर्णयमा भनिएको छ । 

 

सोमबार नगरको आधिकारीक फेसबुक मार्फत सार्वजनिक गरिएको ४ पृष्ठ लामो निर्णयमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था सन्तोष जनक रहेको समेत जनाइएको छ । 

 

नगरपालिकाकाबाट सञ्चालन गरिने योजनाको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा वृहत छलफल गरेको जनाउँदै उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाको लागि यथाशिघ्र उपभोक्ता समिति गठन गरी कार्यान्वयनमा लैजाने र ठेक्का पट्टा मार्फत सञ्चालन हुने योजनाको समयमा नै ठेक्का बन्दो बस्तको कार्य अगाडि बढाउने निर्णय, गत आर्थिक वर्ष २०७९/८० मा ठेक्का बन्दोबस्त मार्फत सम्पन्न भई विविध कारणले मर्मत सम्भार गर्नु पर्ने योजनाको सम्बन्धमा आ–आफ्नो वडाको मर्मत सम्भार गर्नु पर्ने योजनाको यकिन गरी वडा समितिबाट निर्णय गराई नगरपालिकामा सिफारीस गर्ने, मर्मत अवधि भएका योजनाको समयमा नै मर्मत सम्भार गर्न वेवास्ता गर्ने निर्माण व्यवसायीहरुलाई नगरबाट हुने अन्य ठेक्का पट्टाको कार्यमा संलग्न हुन अयोग्य घोषित गरी कालो सुचीमा राख्ने प्रक्रिया अगाडि वढाउने निर्णय समेत गरेको छ । 

 

त्यस्तै बैठकले तीन पटक सम्म ठेक्क आह्वान गर्दा ठेक्कामा नलागेको तीनलाल पार्क सञ्चालन र व्यवस्थापन कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । 

 

त्यस्तै वडा तहमा कार्यरत बालमैत्री सहजकर्ताका खाजा खर्च बापत प्रति महिना दुई हजार र बालमैत्री वडा सम्पर्क व्यक्तिलाई प्रति महिना १५ सय यही असोज १ गते देखि २०८१ असार मसान्तसम्मका लागि उपलब्ध गराउने पनि निर्णय गरेको छ । 


वर्षाका कारण पहिरोको जोखिममा परेका मनपा ९ पुरानागाँउका ४ ओटा घर र मन्दिरको प्राविधिक जाँच तथा स्टमेटका आधारमा जोखिम न्यूनिकरणका लागि आवश्यक प्रक्रिया अगाडि वढाउने निर्णय गरेको छ । 

 

निर्णयहरु हेर्नुहोस्

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));