मेरै कार्यकालमा ‘अन्डर ग्राउन्ड’ पार्किङ सहितको जिससको भवन बनाएरै छाड्छौँ– प्रमुख खड्का

| भदौ ३१, २०८० आइतबार

फाइल फाेटाे
A A A
A A A

३१ भदौ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले आफ्नो कार्यकालमा जसरी भए पनि सुविधा सम्पन्न भवन (सभा हल) बनाउन लागि परेको बताएकी छन् । आफू जनताको काम गर्न सधैँ तत्पर रहेको बताउँदै सबै तहमा समन्वय र सहकार्य गरेर काम गर्ने उनको भनाई छ । 

 

आइतबार रामेछाप टाइम्सले तत्कालीन जिल्लाको परिवेश र (जिसस)को भूमिका बारे उनीसंघ गरेको कुराकानीमा बोल्दै भनिन् ‘जिससले आगामी योजना त धेरै ठुलो छ । हाम्रो हैसियत भन्दा पनि ठुलो योजना छ । मलाई लाग्छ त्यो सबै पूरा हुँदैन । तर, हामी लाग्छौँ र गर्छौँ पनि । (जिसस) सदरमुकाम मन्थलीमा हुँदै गर्दा बाहिरबाट कोही घुम्न आउनु भयो भने १०÷१५ मिनेट सम्म घुम्ने ठाउँ छैन । बस्ने ठाउँ छैन । त्यसैले (जिसस)सँग २८ रोपनी जग्गा छ यो जग्गा अव्यवस्थित बन्न पुगेको छ ।अब त्यहाँ सबैलाई काम लाग्न सक्ने एउटा सुविधा सम्पन्न हल भएको ‘अन्डरग्राउन्ड’ पार्किङ सहितको भवन बनाउने योजनामा छु । त्यसको लागि मैले (डिपिआर) सहित लगेर सहरी विकास मन्त्रालयमा सम्म पनि पुर्‍याएको छु । त्यसको फलो अप पनि गरिरहेको छु, जिल्लाकै पहिलो महिला (जिसस) प्रमुख कार्कीले थपिन् ‘यो बन्यो भने जिल्लावासी सबैको लागि राम्रो हुन्छ । बन्छ । बाँकी रहेको कार्यकालमा सम्पन्न नभए पनि सुरुवात गर्छु ।’ 

 

जिल्लामा सुविधा सम्पन्न सभा हल नहुँदा समस्या भइरहेको उनको भनाई छ । 

 

 

नेपाली काँग्रेसबाट जिल्ला समन्वय प्रमुख बनेकी महिला नेतृ कार्कीले अहिलेको भवन जीर्ण रहेको र यसले यहाँको आवश्यकता समेत नधानेकाले नयाँ भवन बनाउने कुरा प्रतिनिधि सभा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले समेत जोड् दिएकाले बनाएरै छाड्ने जिकिर गरिन् । ‘जिल्लाको विकासको लागि मान्मज्यूले पनि धेरै चासो दिनु भएको छ । त्यसैले यो बनाउनको लागि हामी लागि परेको छौँ बन्छ ।’

 

जिल्ला सदरमुकाम मन्थली बजारको पार्किङ समस्यालाई मध्यनजर गरेर यसको दीर्घकालीन समाधान गर्ने गरी भवन बनाउने उनको भनाई छ । 

 

 

यस अगाडि सांसद ‘कान्छाराम’ ले पनि सपिङ महलसहितको सुविधा सम्पन्न भवन बनाउन बताएका थिए । त्यसको लागि उनले आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

 

फरक प्रसंगमा बोल्दै प्रमुख कार्कीले आफू जिल्लाको समग्र विकासको लागि माथिल्लो सरकारी निकायबाट आउने बजेटको निगरानी गरिरहेको बताइन् । 

 

उनले भनिन् ‘यो जिल्लाको विकास त सरकारी बजेट बाटै हुने हो । आउने हो । त्यसैले हाल सम्म कहाँ कति बजेट आयो र त्यसको कार्यान्वयन कसरी हुँदै छ भन्ने बारेमा म, नजिकबाट निगरानी गर्दै छु र माथिल्लो निकायबाट बजेट कम आउँदा के–के कमजोरी छन् ती कुरालाई समेत हेरेर आगामी दिनमा त्यो सुधारको लागि पहल गर्ने योजना अनुसार काम गर्दै छु ।’

 

जिल्लालाई समृद्ध र विकास उन्मुख गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न उनको आग्रह छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));