एमाले बागमती प्रदेशको अध्यक्षमा दाहाललाई २५७ मतले हराउँदै रामेछापका ढुङ्गेल निर्वाचित

| असोज १३, २०८० शनिबार

A A A
A A A

१३ असोज, रामेछाप । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गत असोज ८ गतेदेखि काठमाडौंमा सुरु भएको प्रथम अधिवेशनबाट पार्टी केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेल प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । उनी जिल्लाको खाँडादेवी गाउँपालिका बासी हुन् ।

 

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा अबेर सम्पन्न मतदानमा कूल ११ सय १७ मतमा ११ सय ३५ मत खसेको थियो । जसमा रामेछापका ढुङ्गेलले ६ सय ९६ मत पाएका छन् । भने, उनका प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहालले ४ सय ३९ मत मात्रै पाएका छन् । ढुङ्गेलले २५७ मतले जित हासिल गरेका हुन् । 

 

प्रदेश अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्व सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर, ओलीको आदेश विपरीत भएको एमाले प्रदेश अधिवेशनमा ढुङ्गेल र दाहाल समूहले टिम नै बनाएर चुनाव लडेका थिए । 

निर्वाचितपछि ढुङ्गेल कार्यकर्तासग

प्रदेश अध्यक्षमा निर्वाचित रामेछापका ढुङ्गेल बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् । पार्टीको जिल्ला इन्चार्जको भूमिका निर्वाह गरी सकेका नेता ढुङ्गेल  २०३८ सालबाट कम्युनिष्ट पार्टीमा आबद्ध भएर राजनीतिमा निरन्तर सक्रिय छन् । 

 

बागमती प्रदेशभित्र पार्टीमा पुराना र कामयाबी नेताको रूपमा छुट्टै पहिचान बनाएका नेता ढुङ्गेल २०४८ बाट लगातार ३ पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष समेत बनी सकेका छन् । 

 

त्यस्तै ढुङ्गेल २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति पनि बनेका थिए । साथै गएको निर्वाचनमा एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार समेत भएका थिए । उनी नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) संग फराकिलो मतले पराजित भएका थिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));