मन्थली माविमा नेविसंघले गठन गर्‍यो व्यवस्थापन र शिक्षा तथा मानविकी संकाय इकाई

| असोज १९, २०८० शुक्रबार

A A A
A A A

२० असोज,रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले संगठन विस्तारको कामलाई अगाडि बढाएको छ । 

 

पछिल्लो पटक नेविसंघ जिल्ला सभापति विनोद बुढाथोकी सहित, उपसभापति युवराज सुबेदी र सचिव सरोज श्रेष्ठ, क्याम्पस स्ववियु सभापति समेत रहेका नेविसंघका नेता अविनाश कार्की सहितको टोलीले मन्थली माविमा इकाई समिति गठन गरेको मन्थली मावि नेविसंघ क्याम्पस प्राविधिक इकाई सभापति गौरव न्यौपानेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार गत बिहीबार जिल्लाकै सबै भन्दा धेरै विद्यार्थी भएको माविमा व्यवस्थापन सङ्कायतर्फ मनिल श्रेष्ठको अध्यक्षता मा ३५ सदस्यीय र शिक्षा तथा मानविकी सङ्कायतर्फ सुनिल श्रेष्ठको अध्यक्षतामा ३० सदस्यीय इकाई समिति गठन गरिएको हो ।

जसको उपसभापतिमा विशाल केसी, विष्णु श्रेष्ठ, सुनिल श्रेष्ठ र दिपन भट्टराई रहेका छन् । 

 

सचिवमा सिता कार्की र अनुप भट्टराई चयन भएका छन्, भने सहसचिवमा शिवम श्रेष्ठ, प्रसिम कार्की, विजय श्रेष्ठ र करिना मगरले जिम्मेवारी पाएका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));