असोज २६ गते नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा रामेछापको मन्थली आउने, यस्तो छ जिल्लामा नेविसंघको अवस्था ?

| असोज २३, २०८० मंगलबार

A A A
A A A

२३ असोज, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय सभापति दुजाङ शेर्पा रामेछापको मन्थली आउने भएका छन् । उनी यही असोज २८ गते आइतबार देखि नेविसंघ रामेछापले आयोजना गरेको ‘प्रथम नेविसंघ कप’ खुल्ला भलिबल प्रतियोगिता उद्घाटन खेल कार्यक्रमलाई विशेष अतिथिको रूपमा सम्बोधन गर्न जिल्ला आउने लागेका हुन् । खेल उद्घाटन बागमती प्रदेशका अर्थ मन्त्रीले गर्ने छन् । 

 

रामेछापको नेतृत्व पत्र मार्फत विनोद बुढाथोकीलाई दिएपछि चर्को आलोचना समेत खेपेका अध्यक्ष शेर्पा नेविसंघको नेतृत्वमा पुगेपछि पहिलो पटक यहाँ आउन लागेका हुन् । सङ्गठनमा लामो समय लागेका, योगदान गरेका नेताहरूसँग बिना जानकारी बुढाथोकीलाई नेतृत्व दिएको भन्दै एक समूहले छुट्टै समानान्तर समिति समेत बनाएको थियो । भने, छुटै भेला समेत गर्दै आएको थियो । साथै  पछिल्लो पटक संघर्षरत समूहले केन्द्रिय अध्यक्षलाई जिल्ला अधिवेशन गर्ने मिति तोक्न भन्दै पत्र समेत बुझाएको थियो । 

पत्र बुझाएको भिडिओ हेर्नुहोस् ।

सो समूहले शेर्पाको विरोधमा निरन्तर सङ्घर्ष समेत गरेको थियो । अध्यक्ष पत्रमार्फत तोकिएका बुढाथोकीले लामो समयपछि कार्य समितिलाई पूर्णता भने दिएका छन् । तर, संघर्षरत समूहसँग छलफल र सहमति भने भई नसकेको अवस्था छ । यद्दयपी संघर्षरत समूहका नेताहरू पनि नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा जोडिएकाले चर्को विरोधका कार्यक्रमहरू भने सो समूहले गरेको छैन ।

 

यस्तै बिचमा जिल्लामा केन्द्रीय सभापति आउन लागेका हुन् । जिल्लामा लामो समय देखि नेविसंघको अधिवेशन हुन सकेको छैन । भने, नेतृत्वमा आएका अध्यक्ष बुढाथोकीले पनि जिल्ला अधिवेशन गर्न पहल गरेको देखिँदैन । 

 

लामो समय सुस्ताएको नेविसंघलाई सङ्गठन विस्तार र विभिन्न कार्यक्रमहरू गरेर चलायमान बनाउने गतिविधि बढाएको देखिए पनि कतिपय क्याम्पस इकाई, पालिका, वडा तहमा नेविसंघको समितिहरू बन्न सकेको छैन । बनेका समितिहरू पनि निष्क्रिय रहेका छन् । 

 

कलर गरिएको अक्षरमा थिचेर सम्बन्धित समाचार पढ्नुहोस्ःस

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));