माघ ४ देखि मन्थलीमा ‘बागमती प्रदेश पुरुष भलिबल’ प्रतियोगिता

| पुस २४, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

२४ पुस, रामेछाप । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले रामेछापको मन्थलीमा प्रदेश पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । 

 

आउँदो माघ ४ गते देखि ७ गते सम्म मन्थली  नगरपालिका वडा नं १ मा प्रदेश भरीका जिल्लाहरूबाट सहभागी गराउने  गरी खेल आयोजना गर्न लागेको आयोजक नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटीले जनाएको छ । 

 

रामेछाप सहित १३ जिल्लाबाट सहभागी हुने प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

त्यस्तै तेस्रो हुने टिमले नगद ५० हजार र सान्त्वना हुनेले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने भनिएको छ । प्रतियोगिता सञ्चालनको लागि आवश्यक काम समेत अगाडि बढेको आयोजकले जनाएको हो । 

 

१२ जिल्लाका खेलाडी मन्थली आउने भयसँगै केही समय यता सुस्ताएको यहाँका होटेल तथा बजारमा हौसला बढेको छ । ४ दिन सम्म हुने खेलमा सहभागी हुन खेलाडी आउने भएपछि केही दिन मन्थलीका व्यापारीलाई राहत मिल्ने भएको हो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));