हामी त मर्‍यौँ, तिमरू भाग !

| मंसिर ९, २०८० शनिबार

A A A
A A A

रामेछाप विकासमा पछि परेको जिल्ला हो । यो सधैँ पछि थिएन । राणा प्रधानमन्त्री चन्द्रशमशेर राणा भन्दा अगाडिसम्म नेपालका खोला र नदीहरू तर्ने कुनै उपाय थिएन । पूर्वी नेपालमा ठोसे फलाम खानीबाट उत्पादित फलाम प्रशोधन गरेर साङ्ला बनाएर खिम्ती खोला, लिखु खोला, तामाकोसी, सुनकोसी आदिमा साङ्ले साँघु हालिएको रहेछ । 

 

आजका अत्याधुनिक झोलुङ्गे पुल हेर्दा ती साँघुहरू धराप थापेजस्ता हुन्थे । त्यस्तै भए पनि त्यस बेला वारिपारि गर्नको लागि यी साँघुहरू विकासमा ठुलो क्रान्ति थियो । त्यस अगाडि काठ बा बाँसका सत्तरी प्रयोग गरेर खोला र नदीहरूमा पुल थापिन्थ्यो । त्यस्ता पुललाई फड्के भनिन्थ्यो । 

 

कालान्तरमा श्री ३ चन्द्र शमशेर राणाले वि.सं. १९६० सालमा चोभार (काठमान्डु–ललितपुर), जल विनायक मन्दिर नजिकै स्कटल्यान्डमा निर्मित अत्याधुनिक प्रविधिको झोलुङ्गे पुल स्थापना गरे । त्यस पछि उनको ध्यान तत्कालीन पूर्व २ नं.(रामेछाप, सिन्धुली) र दोलखा) जिल्लामा पर्‍यो । 

तत्कालै वि.सं. १९६४ सालमा साँघुटार (रामेछाप–ओखलढुङ्गा) र खुर्कोट (रामेछाप–सिन्धुली)मा स्कटल्यान्डमा निर्मित उही नमुनाका झोलुङ्गे पुल स्थापना गर्न लगाए । त्यही साल रोसी खोलाको मङ्लटार भन्दा केही माथि रोसी खोला (काभ्रेपलान्चोक) मा पनि उस्तै पुल स्थापना गरे । चोभार साँघुटार र मङ्गल टारका पुलहरू आजसम्म जस्ताका तस्तै खडा छन् ।

 

टावर तीनतिर डोरीले बाँधेर अड्याइएको रहेछ । नदीको बगरतर्फ कसिएको डोरी चुँडिन पुगेछ । सन्तुलन गुमेर दश जना मजदुरहरू पुछिघटा तर्फको कान्लामा पछारिए ।

 

(खुर्कोटको झोलुङ्गे पुल भने वि.सं. २०४१ सालमा सुनकोसीमा आएको बाडीले बगायो । त्यसपछि पुरानै जगमा खम्बा र लट्ठाजस्ता प्रविधि फेरिएको छ ।) अहिले यी पुलहरू सय वर्ष भन्दा बढी पुराना भएर पुरातात्त्विक महत्वका बस्तु बनेका छन् ।

त्यस पछिका राणा प्रधानमन्त्रीहरूले पुल निर्माणमा कुनै प्रगति गरेको पाइँदैन । जनताले साङ्ले पुलहरू स्थापना गरिनै रहे । धेरै पछि नेपालले झोलुङ्गे पुलमा प्रगति गर्‍यो । 

 

स्थानीय विकास मन्त्रालयमा ‘सस्पेन्सन ब्रिज डिभिजन कार्यालय’ नै स्थापना गर्‍यो । त्यसपछि नेपालका विभिन्न ठाउँमा झोलुङ्गे पुलहरू स्थापना हुँदै गए । यही सिलसिलामा बल्ल आएर वि।सं। २०३२ सालमा सुनकोसीको पुछिघाट (रामेछाप–सिन्धुली) मा झोलुङ्गे पुल निर्माण हुनेभयो । स्थानीय र पूर्वदेखिको पहाडी मूलबाटो हिंडने बटुवाहरू खुसीले गद्गद थिए । काम हुँदै थियो । २०३३ वैशाख १६ गते कामदारहरू युद्ध स्तरमा खटिरहेका थिए । 

यस्तैमा रामेछापतर्फको १ सय २ फिट अग्लो खम्बा कस्दै कस्दै माथीमाथी चढ्दै रहेछन् । टावर तीनतिर डोरीले बाँधेर अड्याइएको रहेछ । नदीको बगरतर्फ कसिएको डोरी चुँडिन पुगेछ । सन्तुलन गुमेर दश जना मजदुरहरू पुछिघटा तर्फको कान्लामा पछारिए । सुनिन्छ, खम्बा ढल्किँदै लड्दै गर्दा तल काम गर्दै गरेका साथीहरूलाई सम्बोधन गर्दै उनीहरूले चिच्याएका थिए रे ‘ए’, साथी हो, हामी त मर्‍यौँ, तिमरू भाग  ’ यति भन्दा नभन्दै उनीहरू जमिनमा पछारिए । दश मध्ये सात जना मारिए । जस्तो (चिम्से माझीको छोरा शुक्रे माझी (कुखुरेटार, सिन्धुली), काजीमान श्रेष्ठको छोरा, नारायणभक्त श्रेष्ठ (रजयछाप, रामेछाप), तिलकबहादुर कार्कीको छोरा भोजबहादुर कार्की (जुकेपानी–सुनारपानी, रामेछाप), रघुवीर र इन्द्रकुमारी कार्कीको छोरा तिलकबहादुर कार्की (गेलु–पिप्ले, रामेछाप), मानबहादुर र गौरकुमारीका छोरा भीमबहादुर खुलाल बुढाथोकी अनि निजहरूकै अर्का छोरा गणेशबहादुर खुलाल बुढाथोकी (पेटासी–गेलु, रामेछाप), प्रेमप्रसाद र पद्मकुमारीका छोरा नेत्रप्रसाद भन्ने बद्री मैनाली (मङ्गलटार, काभ्रेपलान्चोक) ले घटनास्थलमै मृत्यु वरण गरे । 

स्थानीयले नानी बाबू भन्ने रिपुमर्दन कार्की (चैनपुर, सिन्धुली), लालबहादुर दाहाल (नाङ्गेडाँडा, सिन्धुली) र डिलबहादुर नेवार श्रेष्ठ (चिसापानी, रामेछाप) नाम भएका श्रमिकका शरीरका धेरैजसो हड्डी टुटेर पनि हेलिकप्टरबाट काठमान्डु लगेर तत्कालीन सरकारले उपचार गर्‍यो । उहाँहरू तीनै जना त्यस दुर्घटनाबाट बाँच्न सक्नु भयो । 

 

त्यस बेला हामी हिमगङ्गा मावि साँघुटारमा पढ्थ्यौं । पुल बनाउँदा बनाउँदै मानिसहरू दुर्घटनामा परेको सुन्यौँ । मानिसहरूले गाइँगुइँ कुरा गरेको सुन्थ्यौँ, ‘पुल बनाउँदा मानिसको भोग दिनु पर्छ । निर्माणस्थलमा एक्लैदुक्लै गएका मानिसलाई काटेर बली चढाउँछन्’ आदि आदि । पछि बुझ्दा फलामको अभाव भएको उक्त समयमा पुल निर्माणमा आवश्यक फलामे सामाग्री कडा सुरक्षाका साथ राखिँदो रहेछ । विदेशबाट झिकार्ईएको चिज विशेष किसमको हुन्थ्यो । एक टुक्रामात्र फलाम हरायो भने पनि पुल बन्न सक्दैनथ्यो । त्यस कारण पनि निर्माण स्थलको छेउछाउमा जो कोही रात, साँझ नजाओस् । सामाग्री नचोरोस् भनेर यो त्रास गाउँ गाउँमा फैलाइएको रहेछ ।

 

मलाई यहाँसम्म पुर्‍याएर वा विवरण दिएर सहयोग गर्नुहुने सन्दर्भ ब्यक्तिहरूः

माया कार्की (पिप्ले–गेलु, रामेछाप)

खड्गबहादुर भुजेल, (सितलपाटी, सिन्धुली) ।

खड्कबहादुर माझी, (पुछिघटा, रामेछाप) ।

सोमेश थापा, (मन्थली, रामेछाप) ।

रामविष्णु बस्नेत (मुडाजोर, रामेछाप) ।

श्रीहरि श्रेष्ठ (गोठगाउँ, रामेछाप)।

प्रेमबहादुर तामाङ (टिमु–खाँडादेवी, रामेछाप) ।

नवराज प्याकुर्‍याल (रामटार, सिन्धुली) ।

बलराम थापा (लालबन्दी, सर्लाही) ।

समिन बरुवाल
| चैत १५, २०८० बिहिबार
समिन बरुवाल
| मंसिर १४, २०८० बिहिबार
समिन बरुवाल
| मंसिर ९, २०८० शनिबार
रामेछाप टाइम्स
| असोज ३, २०८० बुधबार
दीपा थाेकर
| भदौ २, २०८० शनिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));