नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा रामेछापका चौलागाईले ६ पृष्ठ लामो यस्तो प्रस्ताव पेस गरे (पूर्णपाठ)

| फागुन ३, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

३ माघ, रामेछाप । नेकपा (माओवादी) केन्द्रको जारी प्रथम विधान अबिधेशनमा रामेछापका  युवराज चौलागाईले ६ पृष्ठ लामो प्रस्ताव गरेका छन् । ५० जनाको समूह नम्बर १० बाट केन्द्रीय सदस्य चौलागाईले पार्टीलाई पुनर्गठनको आवश्यक रहेको उल्लेख गर्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । 

 

बुधवार रामेछाप टाइम्सलाई प्राप्त उक्त प्रस्तावमा अनेक घाम पानी सहनु भएको तपाईँ वा तपाईंहरुलाई त्यस्ता के–के अप्ठ्यारा आइलागे जसले गर्दा विगतमा माओवादी धाराका हरेक विधानहरू कार्यान्वयनमा नआई विलोप भएर गए ? अनि, अहिले सिंगो देशमा क्रियाशील पार्टीको वेस्ट ब्रेन यहाँ केन्द्रित भएर मेहनत पूर्वक यो विधान अधिवेशनले बनाएको विधान पनि कार्यान्वयनमा आउँछ भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ ? भन्ने उल्लेख छ । 

 

बागमती प्रदेशका सांसद समेत रहेका केन्द्रीय सदस्य चौलागाईले ‘विगतका हरेक महाधिवेशन वा सम्मेलनहरूमा पार्टीको अद्योपान्त नयाँ विधान पढ्ने पढाउने बानी परेका हामीहरू यस प्रश्नमा कसरी ढुक्क हुन सक्छौँ ? भन्दै अव बन्ने विधान कार्यान्वयन हुनेमा आशंका समेत व्यक्त गरेका छन् । 

 

जारी प्रथम विधान अधिवेशनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह र पार्टीको नाम समेत फेर्नु पर्ने सुझाव पेस भएको छ । सो कुरालाई समेत चौलागाईले ऐक्यबद्धता जनाएका छन् । 

 

यो हेर्नुहोस् चौलागाईले पेस गरेका पत्र

 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));