रामेछापमा तीन पालिकाका स्थानीयहरूलाई आत्मनिर्भर बनाउन बाख्रा पालन तालिम दियो सामुदायिक लघु वित्तले

| फागुन १४, २०८० सोमबार

A A A
A A A

१४ फागुन, रामेछाप । देशका विभिन्न ठाउँमा लघु वित्तसँगको आर्थिक कारोबारको कारणले घरबारै उठिबास लागिरहेको, बचत फिर्ता नपाएको भन्दै २३ दिन सम्म पैदल हिँडेर काठमाडौँ केन्द्रित आन्दोलन गर्न धाइरहेको सामाचाहरु सार्वजनिक भइरहँदा रामेछापमा भने लघु वित्तले केही सकारात्मक काम गरेर संस्था प्रतिको नकारात्मक प्रभाव तोड्न लागि परेको छ । 

 

देश अधिकांश ठाउँमा लघु वित्त प्रति यती बेला मानिसहरू नकारात्मक मात्रै हैन कतिपय ठाउँमा लघु वित्तका कर्मचारीमाथि कुटपिट, कालो मोसो दल्ने जस्ता गतिविधि भइरहेको अवस्था छ। तर, रामेछापका सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ् गाउँपालिका क्षेत्रलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएका लघु वित्तले उद्देश्य अनुसारको काम गर्दै स्थानीयहरूलाई आय आर्जनमा जोड्न व्यस्त छ । 

 

सोही अनुसार सोमबार र मंगलबार सामुदायिक लघु वित्त वित्तीय संस्थाको आयोजनामा सुनापति गाउँपालिकाको वडा नं २, ३ र ४, खाँडादेवी गाउँपालिकाको ४, ६ र ७ र दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं २ का ३५ जना स्थानीयहरूलाई बाख्रा पालन तालिम संचालन गरिरहेको छ । 

 

आफूहरूले गरेको लगानीलाई सही सदुपयोग गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउने योजना सहित दुई दिने बाख्रा पालन तालिम संचालन गरिएको सामुदायिक लघु वित्तका प्रमुख प्रेम बि.क ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘हामीले गरेको ऋणको सदुपयोग पनि होस् र लगानी उठाउनको लागि स्रोत सुनिश्चित र उहाँहरूलाई आत्मनिर्भर बनाउनको लागि यो क्षेत्रको लागि उपयुक्त देखिएको बाख्रा पालन तालिम सुरु गरेका हौँ’ वित्तीय शाखाका प्रमुख बि.ले प्रस्ट्याउँदै भने ‘बाख्राको आहारा, पालनको लागि आवश्यक, बाख्राको प्रजाति लगायत विषयमा सुनापति गाउँपालिकाको पशु प्राविधिक रामशरण अधिकारीले प्रशिक्षित गर्नुहुन्छ ।’ 

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));