१५ शय्याका अस्पताल मध्ये जिल्ला अस्पताल रामेछाप बन्यो ‘न्यूनतम सेवा मापदण्ड’ पुरा गर्ने देशभरकै तेस्रो (भिडिओसहित)

| चैत ८, २०८० बिहिबार

A A A
A A A

७ चैत, रामेछाप । जिल्ला अस्पताल रामेछाप न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका १५ शय्याका अस्पताल मध्य तेस्रो भएको छ । गत बुधवार जिल्ला अस्पताल रामेछापमा संघ, प्रदेशबाट आएको एक टोलीले जिल्ला अस्पताल रामेछापको विभिन्न सेवा सुविधालाई मूल्याङ्कन गर्दै देशभरिकै तेस्रो अस्पताल भएको घोषणा गरेको हो । 

 

सो टोलीका अनुसार ९३ अंकका साथ जिल्ला अस्पताल बैतडी पहिलो, ९२ अंकका साथ चौतारा अस्पताल सिन्धुपाल्चोक दोस्रो र ९१ अंक पाएको जिल्ला अस्पताल रामेछाप देशभरिकै तेस्रो भएको हो ।

 

 स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा बिच जिल्ला अस्पताललाई देशभरिकै तेस्रो हुन सफल भएको घोषणा गरिएको हो । 

 

गत वर्ष ८७ अंक ल्याएर सेवालाई सुधार उन्मुख बनाएको जिल्ला अस्पताल चालु आर्थिक वर्ष २०८०/०८१ मा सेवा सुविधामा उल्लेख्य सुधार गर्दै ४ अंक बढाएर देशभरिमा अग्र स्थानमा पुगेको हो । जिल्ला अस्पताल रामेछापले २०७७ मा ६८ अंक, २०७८ मा ५७ अंक, २०७९ मा ८७ अंक ल्याएको थियो । 

 

उनले ५० शय्या अस्पताल भएपछि थप चुनौती रहेको उल्लेख गरे । 

 

अस्पताल परिसरको शान्त वातावरण, सडक, भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार,सेवा प्रवाह, कर्मचारीको टिम व्यवस्थापन लगायतका सूचकमा जिल्ला अस्पतालले राम्रो अंक पाउन सकेको अनुगमन टोलीका संयोजक एवं बकुलर रत्ननगर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन ज्ञवालीले बताए । ‘केही सुधार गर्नु पर्ने अवश्य छ । तर, यी काम एकदमै राम्रो छ ।’

 

बिरामीको सहज पहुँचमा भने अझै पुग्न नसेको, आन्तरिक सुधार गर्न सकिने केही कार्यहरू तर्फ ध्यान पुर्‍याउन आवश्यक सुझाव समेत दिएका डा।ज्ञवालीले सेवा प्रवाहमा अस्पताल सही ठाउँमा रहेको बताएका हुन् । ‘बिरामीको विश्वास जगाउने काम गर्नु पर्छ । र, त्यो प्रकारको वातावरण पनि बन्दै गएको छ । 

 

उनले १५ शय्यामा अस्पतालले उल्लेख्य प्रगति गरेको बताउँदै स्वीकृति भएर प्रक्रिया अगाडि बढी सकेकाले अब ५० शय्या तर्फ आफूहरूको ध्यान जानू पर्नेमा अस्पताल प्रशासनको ध्यानाकर्षण गरे । 

 

त्यस्तै जिल्ला अस्पतालले आफ्नो सेवालाई थप परिष्कृत गर्दै अगाडि बढेकाले आफूहरू सुखी हुने स्थितिमा पुगेकाले यसलाई निरन्तर अगाडि लानू पर्नेमा वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर दीपेन्द्र पाण्डेले बताए । उनले ५० शय्या अस्पताल भएपछि थप चुनौती रहेको उल्लेख गरे । 

 

डा।पाण्डेले भने ‘विगतका वर्षहरूमा यो अस्पताल ठुलो पीडाबाट गुज्रिएको थियो । यहाँ त्यति बेला आउनले भनेको नम्बर बढाउन र राजनीति पावर नभएर मात्रै हो । नत्र कोही आउन चहादैन थिए । अहिले यती राम्रो भएछ ।’

 

उनले ९१ नम्बर ल्याएर ढुक्क हुने बन्दा पनि १०० पुग्नलाई कति बाँकी रह्यो भनेर खोज्न लाग्यौँ भने थप सफल हुने उनको सुझाव थियो । साथै ५० वेड्को अस्पताल सञ्चालन गर्न अस्पताल सामु ठुलै चुनौती रहेको उल्लेख गर्दै आगामी योजना बनाएर अगाडि बढ्न सुझाए । 

 

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठले आफूहरूले हाल सम्म गर्दै आएका कार्यक्रमहरू बारेमा सो अवसरमा फेरिसता सुनाएका थिए । 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));