रामेछापको पर्यटकीय स्थल ताँवेडाँँडाको पर्यटन प्रवर्द्धन गर्न काठमाडौँ देखि ‘बुलेट बाइक यात्रा’ हुँदै

| चैत ९, २०८० शुक्रबार

A A A
A A A

९ चैत, रामेछाप । ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नारा सहित काठमाडौँ देखि रामेछापको ताँबेडाँडा हुँदै जिरी सम्म ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । त्यसको लागि तयारी तीव्र पारिएको छ । नेपाल बुलेट हाउसका संचालन रमेश कार्कीले विगतदेखि नै विभिन्न स्थानको पर्यटन प्रवर्द्धनको लागि यस्तो कार्य गर्दै आएका छन् । 

 

प्राकृतिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्‍याउने उद्देश्यले नेपाल बुलेट हाउसको आयोजनामा आगामी वैशाख १ गते काठमाण्डौं तीनकुने देखि रामेछापको ताँबेडाँडा हुँदै दोलखाको जिरी सम्मको बुलेट बाइक यात्रा हुन लागेको कार्यक्रम संयोजन गरी रहेका गोकुलगंगा–३, रस्नालुका मोहन बस्नेतले रामेछाप टाइम्सलाई बताए । 

 

‘नयाँ वर्षमा पर्यटन प्रवर्द्धनको लागि तीनकुनेबाट सुरु गरेर खुर्को ट हुँदै मन्थली–खिम्ती–रस्नालु–ताँवेडाँडा सम्म बुलेट बाइक यात्रा गर्ने र ताँवेडाँडामा कार्यक्रम सकेर वैशाख २ गते जिरी महोत्सवको अवलोकन पछि काठमाडौँ फर्किएर कार्यक्रम सम्पन्न गर्छौँ’ बस्नेतले रामेछाप टाइम्ससंगै भने ।

कार्यक्रमको लागि यही चैत ३० गते देखि टोली काठमाडौँबाट रामेछाप तर्फ हिँड्ने छ । बस्नेतका अनुसार उक्त कार्यक्रममा हाल सम्म २० वटा बाइकको टुङ्गो लागेको र ३० वटा ‘बाइक’को टोली हुने छन् । 

 

आन्तरिक पर्यटकीय गन्तव्यहरू बारे थप जानकारी र चेतना जगाउने, नेपाल आउने सम्भावित पर्यटकहरूमा चासो जगाउने र बिदाको समयमा आन्तरिक गन्तव्यको रूपमा नेपालको पर्यटकीय छवि बढाउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको नेपाल बुलेट हाउसले जनाएको छ । 

 

नयाँ वर्षको अवसरमा जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको सीमा स्थित ताँवेडाँडामा यो वर्ष पनि भव्य कार्यक्रम हुने तयारी भइरहेको छ । सो अवसरमा ‘बुलेट बाइक यात्रा’ ले थप रौनकता थप्ने विश्वास गरिएको छ । 

 

स्थानीय सरकारहरूसँग पनि समन्वय गरिरहेको बताउँदै बस्नेतले यो यात्राले ताँवेडाँडाको पर्यटन प्रवर्द्धन गर्न विशेष भूमिका खेल्ने दाबी गरिएको बताए । 

 

ताँवेडाँडाबाट देखिने केही रमणिय दृष्यहरु हेर्नुहोस्

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));