रामेछापमा नयाँ वर्षको दिन : नेपाली सेना नं. ९ बाहिनीले गर्यो दौड प्रतियोगिता (भिडिओ)

| बैशाख १, २०८१ शनिबार

A A A
A A A

०१ वैशाख, रामेछाप । नयाँ वर्ष २०८१ को स्वागतमा रामेछापमा नेपाली सेनाले दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा नयाँ वर्षको पहिलो शनिवार (आज) खुल्ला, महिला, पुरुष र अन्तर विद्यालय स्तरीय दौड प्रतियोगिता गरिएको हो । मन्थली देवकोटा चोकबाट दौडिएर दूरी अनुसार बसपार्क हुँदै आकाशेबाट तीनलाल पार्क सम्म पुगेर दूरी पूरा गरिएको थियो । 

 

नेपाली सेना ९ नम्बर गणको आयोजनामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नाराको साथ खुल्ला ८ किलोमिटर, ५ किलोमिटर महिला र अन्तर विद्यालय स्तरीय ३ किलो मिटर दौड सम्पन्न भएको हो । ‘रन फर वन हेल्थ–२०८१’ को सन्देश सहित आयोजित दौड प्रतियोगितामा ८ किलो मिटर खुल्ला तर्फ नयाँ गोरख गण्डका उमेश खत्री प्रथम भएका छन् । 

त्यस्तै नयाँ गोरख गणकै सुनिल गुरुङ दोस्रो, अरुण खड्का भवानी गणका तेस्रो भएका छन् । विजेताहरूलाई मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की (थापा), ले निमित्त प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, जिल्ला प्रहरी प्रमुख प्रदीप कुमार सिंह लगायतको उपस्थितिमा नगद पुरस्कार प्रदान गरे । 

 

८ किलो मिटर खुल्ला तर्फ ४३ जनाले सहभागिता जनाएका थिए । 

 

त्यस्तै ३ किलो मिटर तर्फ (महिला) १८ जनाले भाग लिएका थिए । जसमा नयाँ गोरख गणकी पूजा केसी प्रथम, खुसी प्रधान दोस्रो र बिना श्रेष्ठ तेस्रो भएकी छन् । अन्तर विद्यालय तर्फ ८ महिला र १६ पुरुष सहित २३ जनाले सहभागिता जनाएका थिए ।

 

जसमा भैरवी मावि सुनारपानी उत्कृष्ट भएको छ । 

 

भने, विद्यालय महिला तर्फ (३ किमी) गौरिशंकर माविकी कविता कार्की प्रथम, भैरवी मावि सुनारपानी (मन्थली ५) की सुजिता भुजेल दोस्रो र मन्थली माविकी देवी श्रेष्ठ तेस्रो भएकी छिन् । विजेता सबैलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

 

त्यस्तै विद्यालय पुरुष तर्फ (३ किमी) मा मन्थली माविका सुजन तामाङ प्रथम, भैरवी मावि सुनारपानीका रमेश बस्याल दोस्रो र मन्थली माविकै शुसिल कार्की तेस्रो भएका छन् । 

नयाँ वर्षको पहिलो दिन आयोजित उक्त दौड प्रतियोगितालाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख श्रेष्ठले देशलाई समृद्ध बनाउने बाटो तर्फ अगाडि बढ्न जोड् दिए । 

 

नगर प्रमुख श्रेष्ठ राष्ट्र जोगाउन सबै नेपाली लाग्नु पर्ने बेला आएको बताए । अब सजक हुने बेला आएको बताए । राष्ट्रलाई आँच आउने काम सकैले गर्छ भने त्यसताको विरुद्धमा एक जुट हुने बेला भएको उनको भनाई छ । नयाँ वर्षले सबैको ध्यान त्यता लानु पर्नेमा उनले धारणा राखे । 

 

त्यस्तै स.र.नं ९ बाहिनिपति प्रकाश बहादुर चन्दले मानिसको स्वास्थ्य जीवनको लागि दौड अति नै महत्त्वपूर्ण र सजिलो माध्यम भएको उल्लेख गर्दै दौडबाट शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्न निकै मद्दत पुग्ने धारणा राखे । 

 

कार्यक्रममा वडा अध्यक्षहरू, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, शिक्षक, शिक्षिका, कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो ।

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));