उमाकुण्ड गाउँपालिका : कक्षा ८ को वार्षिक परीक्षामा २७१ जनामा १७६ जना फेल, दुई मावि ‘शून्य’

| बैशाख २, २०८१ आइतबार

बाम्तिभण्डार स्थित शिद्देश्वर मावि, तस्बिर फाइल ।
A A A
A A A

२ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकामा गत ‘शैक्षिक सत्र २०८०’ मा आधारभूत विद्यालय स्तरीय परीक्षाको नजिता कमजोर देखिएको छ । शैक्षिक सुधार गर्न प्रविधि मैत्री, आवास सुविधा, खेलकुदका गतिविधिलाई तीव्रता दिँदै आएको गाउँपालिकामा नतिजा भने सन्तोष जनक नआएको गाउँपालिका स्वीकार गर्छ । 

 

पाँच वटा आधारभूत विद्यालय र ७ वटा माविसहित १२ वटा विद्यालयमा अध्ययनरत कूल २७१ जना विद्यार्थीले पालिकाले संचालन गरेको कक्षा आठको परीक्षा दिएका थिए । जसमा नियमित तर्फ ९५ जना मात्रै विद्यार्थी उत्तीर्ण भएको पालिकाको शिक्षा शाखा प्रमुख ङावा शेर्पाले रामेछाप टाइम्सलाई बताए । 

 

अपेक्षाकृत नतिजा नआएपछि गाउँपालिकाले गत चैत्र २८ र २९ गते कम्तीमा दुई विषय सम्म न्यूनतम अंक ल्याउने विद्यार्थीको ‘ग्रेड वृद्धि’ परीक्षा लिएको छ । सो परीक्षामा १२५ जना विद्यार्थी उत्तीर्ण भएर कक्षा ९ मा भर्न हुन पाउने नतिजा निस्किएको छ ।  पालिकाभरका २७१ जनामा १७६ जना फेल भए पछि पालिकाले उनीहरूलाई उत्तीर्ण गराउन ‘ग्रेड वृद्धि’ परीक्षा लिएर कक्षा चढाउन बाध्य भएको छ । 

 

गाउँपालिकाले शैक्षिक सुधारमा ठुलो लगानी खन्याए पनि उपलब्धि कमजोर देखिँदा पालिका पनि अन्योलमा परेको छ । ‘ग्रेड वृद्धि’ सहित कूल २२० जना मात्रै विद्यार्थी कक्षा ९ मा भर्ना हुने गरी नतिजा सार्वजनिक भइसक्यो । यो शैक्षिक सत्रमा ५१ जना विद्यार्थीले पुनः कक्षा ८ मै दोहोर्‍याएर पढ्नु पर्ने अर्थात् फेल भएका हुन् । 

 

सात वटा वडा रहेको यो पालिकामा १–१ वटा एक माद्यामिक विद्यालय सञ्चालनमा रहेको छ । तर, दुई माद्यामिक विद्यालय नै कक्षा ८ को वार्षिक परीक्षामा ‘निल’ एवं ‘जिरो’ (एक जना पनि पास नभएको) गएका छन् । 

 

वडा नं ७ भूजी स्थित कास्थ्यम मावि र वडा नं ५ प्रीति स्थित कालीदेवी मावि ‘निल’ गएको शिक्षा शाखा प्रमुख शेर्पाले रामेछाप टाइम्सलाई बताएका हुन् । 

 

दुई मावि ‘निल’ जाँदा अन्य माविको तुलनामा वडा नं २ बाम्तिभण्डार स्थित शिद्देश्वर माद्यामिक विद्यालय, वडा नं ६ गुप्तेश्वर स्थित कैलेश्वार मावि र वडा नं १ गुम्देल स्थित महालङ्गुर माविले भने सन्तोष जनक नजिता ल्याएका छन् । 

 

शिद्देश्वरबाट सबै भन्दा धेरै २० जना, कैलेश्वारबाट १७ जना र महालङ्गुरबाट १३ जना विद्यार्थी पास भएको शाखा प्रमुख शेर्पाले प्रस्ट पारे । समग्रमा ३३ प्रतिशत नजिता सार्वजनिक भएको बताउँदै उनले कडाइका साथ परीक्षा संचालन, कपी जाँच र अन्य व्यवस्थापकीय कारण यो नतिजा बाहिर आएको बताएका हुन् । 

 

‘हामीले अपेक्षा गरेको नजिता नआएपछि हामी पनि सुरुमा अन्योलमै पर्यौं पछि ‘ग्रेड वृद्धि’ लगायतका परीक्षा गर्दा केही सुध्रिए पनि सन्तुष्ट हुने ठाउँ भने पक्कै छैन’ आज देखि सुरु भएको शैक्षिक सत्रमा थप सुधार गर्ने योजना सुनाउँदै शाखा प्रमुख शेर्पाले थपे ‘यो शैक्षिक सत्रमा अझ कडाइ गरेर पठनपाठनलाई तीव्रता दिँदै सिकाइलाई प्रभावकारी बनाउने हाम्रो योजना छ ।’ 

 

भौगोलिक विकटता, पर्याप्त विषयगत शिक्षकको अभाव लगायतका कारणले पठनपाठनमा अपेक्षित सुधार हुन नसकेको दाबी गाउँपालिकाले गरेको छ । 

 

केही वर्ष यता शिक्षा र खेलकुद क्षेत्रलाई अगाडि बढाउने योजनासहित तीव्रता दिइरहेको बताए पनि नतिजा सन्तुष्ट हुने गरी नआउँदा शिक्षकहरूको पठनपाठन र शैक्षिक वातावरणमै प्रश्न चिन्ह खडा भएको छ । 

 

देशभर सुरु भयो भर्ना अभियान 

यसैबिच आज आइतबार देखि शैक्षिक सत्र २०८१ को लागि विद्यालय भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नारा सहित देशव्यापी रूपमा भर्ना सुरु भएको हो । 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि आजबाट भर्ना अभियान सुरु भएकाले सबै बालबालिकालाई विद्यालय भर्ना गर्न आह्वान समेत गरेको छ । 

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));