तेस्रो सुनापति अध्यक्ष कपः ब्याड्मेन्टनतर्फ पुरुषमा खाँडादेवी र महिलामा दोरम्बा प्रथम

| चैत ८, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ चैत, रामेछाप । तेस्रो सुनापति गाउँपालिका ‘अध्यक्ष कप’ भलिबल तथा ब्याड्मेन्टन प्रतियोगिताको ब्याड्मेन्टन तर्फको पुरुषतर्फ खाँडादेवी गाउँपालिका प्रथम बनेको छ ।

 

त्यस्तै महिलातर्फ दोरम्बा शैलुङ् गाउँपालिका प्रथम बनेको छ । उनीहरुले प्रथम पुरस्कार समान नगद १५–१५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । 

 

त्यस्तै पुरुषतर्फ दोस्रो रामेछाप नगरपालिका, तेस्रो दोरम्बा शैलुङ् गाउँपालिका भएको छ, भने सान्त्वना आयोजक सुनापति गाउँपालिका आफै बनेको छ । 


उता महिलातर्फ मन्थली नगरपालिका दोस्रो, आयोजक सुनापति गाउँपालिका कर्मचारी टिम तेस्रो बनेका छन्, भने सान्त्वना पनि सुनापति गाउँपालिकाकै अर्को एक टिम बिजयी बनेको छ।


खेलमा द्वतिय, तृतिय र सान्त्वना हुने महिला र पुरुष दुवै टिमले क्रमशः नगद १० हजार, ५ हजार र २५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । 

 

साथै महिला र पुरुष दुवै टिमबाट एक एक जना उत्कृष्ठ खेलाडी घोषित् भएका छन् । 

 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));