‘यो सरकार १०० दिन कट्दैन, हामीसंग नेकपा एमाले र एससंग कुरा हुँदै छ’ – काँग्रेस सांसद ‘कान्छाराम’ (भिडिओ)

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले अहिले बनेको गठबन्धनको सरकार १०० दिन नटिक्ने दाबी गरेका छन् । ‘उनले भने हामीलाई नेकपा (एमाले) बाट पनि कुरा आइरहेको छ । नेकपा एसबाट (एकीकृत समाजवादी) कुरा आइरहेको छ । त्यसैले मलाई लाग्छ, यो सरकार १०० दिन पनि टिक्दै न ।’

 

हाउस (प्रतिनिधि सभा) मा दलहरू बिच छलफलहरू भइरहेको भन्दै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा गरेको चर्को आलोचन यसैको सङ्केत हो । अहिलेको सरकार ढल्छ । यो टिक्दैन, उनको दाबी छ । 

 

तत्कालीन गठबन्धन टुट्नु उपयुक्त कारण नभएको भन्दै फेरी पनि काँग्रेस सत्तामा पुग्न समय नलाग्ने उनको दाबी थियो । शुक्रवार तरुण दल रामेछापले आयोजना गरेको प्रथम तरुण जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो दाबी गरेका हुन् । 

 

आफू सांसद बनेदेखि हाल सम्म रामेछापको विकासको लागि साँढे ४ अरब भन्दा बढी बजेट ल्याइसकेको जिकिर गर्दै आफ्नो कार्यकालभर जिल्लाको विकास निर्माण गर्न कुनै कसर बाँकी नछाड्ने उनको आश्वासन छ । जिल्लाको विकासको लागि बजेट प्रर्याप्त ल्याएको दाबी दोहोर्याएका हुन् । 

 

सांसद भएपछि दिन–रात नभनी जिल्लाको विकास गर्न लागि परेको ठोकुवा गर्दै विकासमा पछि परेको वा योजना नपरेको भएमा आफूसँग भन्न पनि जिल्लावासीमा उनले आह्वान गरे । म ६० प्रतिशत रामेछापमा बसेर यहाँको विकासको लागि काम गर्दै छु ।'

 

भिडिओमा हेर्नुहोस् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));