मोतिया बिन्दु भएकाहरुलाई बरदान सावित हुँदै रामेछाप सर्जिकल आँखा केन्द्रः दुई दिने शिविरमा ८१ जनाको सफल शल्यक्रिया

खाँडादेवी र लिखु तामाकोशीले यतायात खर्च दिएर पठाए

| चैत ३, २०८० शनिबार

A A A
A A A

३ चैत, रामेछाप । मोतिया बिन्दु भएकाहरुलाई रामेछाप सर्जिकल आँखा केन्द्र बरदान सावित हुँदै गएको छ । पछिल्लो समय गाउँ- टोल सम्मै सेवा पुर्याउन थालेपछि थप सहज हुन थालेको हो । गत बिहीबार र शुक्रवार दुई दिन मन्थलीमा भएको मोतिया विन्दुको शल्यक्रिया शिविरमा ८१ जनाको सफल अप्रेसन गरिएको छ । बिरामीको प्रकृति अनुसार स-शुल्क र निःशुल्क उपचार गरिएको थियो । 

 

नेपाल आँखा कार्यक्रम अन्तर्गत रामेछाप सर्जिकल आँखा केन्द्र रामेछापको आयोजना र हिमालय मोतिया विन्दु परियोजनाको आर्थिक सहयोगमा (युएसए)  तामाकोशी अस्पताल मन्थलीमा भएको दुई दिने आँखा शिविरमा १९ जनाको ( phacoemulsification cataract surgery PHACO) मेसिनबाट स–शुल्क र ६१ जना बिरामीहरूको (small Incision Cataract Surgery,SICS) प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको रामेछाप सर्किजल आँखा केन्द्र रामेछापका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले रामेछाप टाइम्सलाई बताए ।  घिमिरेका अनुसार सोही अवसरमा एक जना आँखामा मासु पलाएका बिरामीको न्यूनतम मूल्यमा अप्रेसन गरिएको छ । 

 

रामेछापसहित छिमेकी जिल्लाहरू सिन्धुली र ओखलढुङ्गाका बिरामीहरूले समेत शिविरबाट सेवा लिएका छन् । भने, रामेछापको खाँडादेवी गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाका बिरामीहरूलाई पालिकाहरूले यातायात खर्च समेत प्रदान गरेर शिविरमा पठाएका थिए । 

 

पछिल्लो समय स्थानीय तहहरूले समेत गाउँ-गाउँमा शिविरहरू सञ्चालन गरेर स्थानीयहरूको मोतिया विन्दुको अप्रेसन गर्ने, आँखाको जाँच गर्न सहयोग गर्ने लगायतका कार्यक्रमहरू गरिरहेका छन् । यस अगाडि गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाले पनि पालिकामै शिविर सञ्चालन गरेका थिए । साथै छनोट भएका मोतिया बिन्दुका बिरामीहरूको अप्रेसन समेत गरिएको थियो । 

 

रामेछाप सर्किजल आँखा केन्द्रले आफ्नो सेवालाई गाउँ-गाउँ सम्मे पुर्‍याउने क्रम बढेपछि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.लिना बज्राचार्य सहितको टोलीले शल्यक्रिया गर्दै आएर सयौँ जना आँखा ज्योति फर्काउन सफल भइरहेको हो । 

 

मन्थली-११ गेलुमा भएको एक दिने स्वास्थ्य शिविरमा ७२० जनाले निःशुल्क सेवा लिए

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));