‘मेरो दोस्रो घर रामेछाप हो, यहाँ आइरहन मन लाग्छ’ –डा.कोइराला

| चैत ५, २०८० सोमबार

A A A
A A A

५ चैत, रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय एवं पूर्व महामन्त्री डा.सशांक कोइरालाले रामेछाप आफूलाई सबै भन्दा मन पर्ने ठाउँ भएको बताएका छन् । उनले भने ‘मेरो सेकेण्ड होम भनेको रामेछाप जिल्ला नै हो । विगतमा धेरै घटना घटे । तर, अत्यन्त राम्रो लाग्छ । यहाँ कोमल दृष्टिहरू राख्ने शालीन मान्छेहरू रहेका छन् ।’ उनले रामेछाप आइरहन मन लाग्ने पनि बताएका थिए । 

 

आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप डाँडा स्थित जिल्ला अस्पतालमा भएको स्वास्थ्य शिविरमा सम्बोधन गर्दै डाक्टर कोइरालाले यस्तो बताएका हुन् । स्वास्थ्य शिविरमा डाक्टरहरूले उपचार गर्दा सबैलाई आफ्नो बाआमाको रूपमा हेरेर उपचार गर्न आग्रह गर्दै चिकित्सकहरूसँग भएको सिप पूर्ण प्रयोग गर्न आग्रह गरे । 

 

आफूलाई राजनीति र डाक्टर पेसामा सबैले तपाईँलाई मन पर्ने के हो भनेर सोध्ने गरेको स्मरण गर्दै डाक्टरी पेसा आफ्नो दिमागले प्रयोग गर्ने तर राजनीति कहिले पनि आफ्नो हातमा नहुने तर्क गरे । 

 

राजनीति सधैँ सोचेको भन्दा फरक हुने भन्दै ‘त्यही उथलपुथलमा रमाउनु पर्ने रहेछ । सोचेको एउटा हुन्छ । भइदिन्छ अर्को । डाक्टरी पेसा आफ्नो दिमागले गर्ने हो । त्यसैले भगवान् भन्दा मुनि रहेको डाक्टरी पेसालाई भरपुर प्रयोग गर्नुहोस्’, चिकित्सकहरूलाई उनले आग्रह गरे ।  

 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));