पुष्पलाल राजमार्ग बनाउँदा रामेछापलाई उपेक्षा गरिएको भन्दै सांसद कान्छारामको आपत्ति, ताला लगाउने चेतावनी

| चैत ५, २०८० सोमबार

A A A
A A A

५ चैत, रामेछाप । पुष्पलाल राजमार्ग बनाउँदा रामेछापलाई (पुष्पलालको जन्मथलो) उपेक्षा गरिएको भन्दै रामेछापका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । पुष्पलालको वडालाई नछोई राजमार्ग बनाएको राखेको भन्दै सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) असन्तुष्टि जनाएका हुन् । उनले पुष्पलालको जन्म भएको वडालाई कुनै हालतमा यो राजमार्गले जोड्नु पर्नेमा माग राखेका छन् । 

 

सांसद चेतावनी सहित भने ‘मद्य पहाडी राजमार्ग (पुष्पलाल मार्ग) नाम राखेर राजमार्ग बनाउने । तर पुष्पलालकै वडै नछोई लान पाइन्छ । यो राजमार्गको कार्यालय सित्खामा (सिन्धुलीमा) छ । हाम्रो माग सम्बोधन नभए त्यहाँ गएर ताला लगाउनु पर्छ ।’ 

 

नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद तामाङले एक महिना भित्र राजमार्गको कार्यालयमा यहाँका जनप्रतिनिधि सहित गएर आग्रह गर्ने तर सम्बोधन नभए ताला लगाउने चेतावनी दिएका हुन् । 

 

आइतबार जिल्ला अस्पताल रामेछापमा भएको काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री डा.शशांक कोइराला उपस्थित कार्यक्रममा सम्बोधन गर्दै सांसद तामाङले आफूले यस विषयमा सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गरेको सुनाए । 

 

पुष्पलाल राजमार्गको बाटो सेलेघाटबाट रामेछाप नगरपालिकाको वडा नं ५ कोलोञ्जोर जोडेर लानू पर्नेमा उनको  जोड छ । त्यसो गर्न सकेको राजमार्गको नाम पनि उपयुक्त हुने र रामेछापलाई पनि सहज हुने उनको भनाई छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));