रामेछाप टार गाउँका आगोलागि पीडितहरूको घर बनाएर नमूना काम गर्न मन्थलीका बैंक तथा इन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह

| चैत ५, २०८० सोमबार

A A A
A A A

५ चैत, रामेछाप । प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले रामेछापको मन्थलीमा शाखा कार्यालय रहेका बैंक तथा इन्स्योरेन्स कार्यालयहरूलाई रामेछापको टार गाउँका आगोलागि पीडितहरूको घर निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् । यसरी आगोलागिले घरबार गुमाएका जनताको घर निर्माण गर्न सगाए बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्व पूरा हुने र देशभरि सकारात्मक सन्देश जाने हुँदा यो काम गर्न आग्रह गरेको उनको भनाई छ । 

 

सोमबार मन्थलीमा आदिवासी जनजाति पत्रकार महासंघ रामेछापले आयोजना गरेको बैंक तथा इन्स्योरेन्ससंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद तामाङले यस्तो आग्रह गरेका हुन् । ‘तपाईँहरूले घर बनाइदिनु भयो भने यहाँ मात्रै हैन । ७७ जिल्लामै सन्देश जान्छ र तपाईँको कारोबार नाफामा जान्छ ।’ 

 

१३ आगो आगोलागि पीडितहरूको घर सबै मिलेर बनाइदिन आग्रह गर्दै उनले थपे ‘सबै बैंकले १०–१० लाख खर्च गरेर बनाउनु भयो भने एक करोड ३० लाख खर्च लाग्छ । त्यो काम गर्नु भयो भने तपाईँहरूको ७७ वटै जिल्लाको कारोबारको लागि टेवा पुग्छ ।’ 

 

सांसदको अर्थ समितिको सदस्य समेत रहेका सांसद तामाङले राष्ट्रिय स्तरमा बैंक तथा वित्तीय संस्थाको सन्देश दिने कार्य गरेर नमुना प्रदर्शन गर्न आग्रह गरेका हुन् ।

 

सांसद तामाङले उनले विभिन्न बैंकहरुसंग गर्दै आएको निजी आर्थिक कारोबार बारे सुनाउँदै रामेछाप नगरपालिका वडा नं ९ टार गाउँका आगलागी पीडितहरूको घर बनाएमा जनताको मन जित्ने र बैंकको कारोबार बढ्ने दाबी गरेका हुन् । 

 

नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका सांसद तामाङले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको शीर्षकमा गर्नु पर्ने खर्च गर्ने वातावरण मिलाउनको लागि सबै बैंक तथा वित्तीय संस्थाले केन्द्रमा जानकारी गराउन आग्रह गरे । साथै उनले आफूले राज्यको माथिल्लो निकायमा पनि बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको शीर्षकमा हुने खर्चको सही सदुपयोग गर्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाए । 

 

कार्यक्रममा जिल्ला सदरमुकाम मन्थलीमा कार्यालय भई संचालनमा रहेका सबै बैंक तथा इन्स्योरेन्स कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));