नवजागरण सहकारीमा रक्तदान र मन्थली १ केन्द्रको सधारणसभा, १ करोड ५७ लाख बढी नाफा

| असोज ३, २०७९ सोमबार

A A A
A A A

३ असोज, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले २४ औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार मन्थली नगरपालिका वडा नं १ स्थित आफ्नै भवन प्रांगणमा सहकारीले नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको समन्वयमा  रक्तदान गरेको व्यवस्थापक रमेशकुमार उदाशले बताए ।

 

संस्थाको वार्षिक साधारण सभामा जुटेको यस सहकारीले पछिल्लो समय देशभरी बढेको डेंगु, भाइरल ज्वरो, कोरोना भाइरसलगाएतका रोगहरु फैलिरहेको र रगत अभाव हुन सक्ने विषयलाई ध्यानमा राखेर रक्तदान गरेको व्यवस्थापक उदाशले जानकारी दिए । संस्थाका अध्यक्ष श्याम थापासहित कूल १९ जनाले रक्तदान गरेका छन् । 


गत शनिबार देखि विभिन्न स्थानीय तहका वडाहरुमा वार्षिक साधारण सभामा जुटेको यस सहकारीले सोमबार मन्थली वडा नं १ को साधारण सभा पनि सम्पन्न गरेको छ । वडा नं १ मा करिब २५ सय सदस्य रहेको सहकारीले आफ्नै सुविधा सम्पन्न हलमा ‘मन्थली केन्द्रको’ सधारणसभा गरेको हो । हालसम्म तिल्पुङ, नागद्ह, बिजुलीकोट्, सालु, सुनारपानीको साधारण सभा सकेको व्यवस्थापक उदाशले जानकारी गराए । 

सहकारी भवन ।
त्यस्तै भोलीदेखि क्रमशः भटौली, पकरवास, भलुवाजोर, रामेछाप, सानीटार, कठजोर, टेकानपुर, गाईखुरा र चिसापानीमा सोही केन्द्रहरुको साधारण सभा गर्ने उदाशले बताए । यसरी सम्बन्धित वडाहरुको साधारण सभा सकेको भोलीपल्ट असोज ८ गते शनिबार सहकारीले आफ्नो २४ औं वार्षिक साधारणसभा भव्यताको साथ गर्ने तयारीमा जुटेको व्यवस्थापक उदाशले बताए । सहकारीलाई प्रविधिमैत्री बनाउन केन्द्रित रहेको सुनाउदै व्यवस्थापक उदाशले भने ‘वार्षिक साधारणसभा प्रत्येक्षय प्रसारण र संस्थाको फेस्बुक पेजबाट लाईभ हुन्छ ।’


सोही कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरि) ले सहकारीले प्रसंशनिय काम गरेको बताए । उनले जनताहरुको विकासको लागि सहकारीको ठूलो योगदान रहेको बताउदै वडा अध्यक्ष पौडेलले सहकारीलाई आगामी दिनमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले सहकारीहरुले जनताको बचतको सही सदुपयोग गरि विकास, निर्माणमा सहयोग गर्न सुझाए । 


एक करोड ५७ लाख नाफामा
२०५५ साल साउन १२ गते स्थानीय २५ जना महिलाहरुको सक्रियतामा मासिक १० रुपैयाँ बचत गर्ने गरि स्थापना भएको उक्त सहकारीले २४ औं वर्षमा आइपुग्दा कूल एक करोड ५७ लाख बढी नाफा मात्रै आर्जन गरेको छ । यो सहकारी ५१ औं राष्ट्रिय सहकारी दिवस २०६५ को अवसरमा डिभिजन सहकारी कार्यालय दोलखाले आफ्नो प्रादेशिक क्षेत्र अन्तर्गतका सहकारी संघ सस्थाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भइसकेको छ । 


त्यस्तै ५७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाका सचिव सोमेश थापालाई उत्कृष्ट संचालकको रूपमा प्रशंसापत्र प्रदान गरेको थियो । साथै आन्तरिक राजश्व कार्यालयले रामेछाप जिल्लाभरमा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा आ.व. २०७२/०७३ मा यस संस्थालाई सम्मान गरेको थियो । नेफ्स्कुनको ३२ औं स्थापना दिवसको अवसरमा २०७६ साल साउन ३२ गते बागमती प्रदेश स्तरीय उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मानित भएको थियो । त्यस्तै रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघले २०७९ को साधारण सभाबाट सम्मानित भएको छ । 

 

सहकारीको मूल्य मान्यतामा कार्यसम्पादन गरिरहेको नवजागरणलाई २०७६ सालमा नेपाल सरकार, सहकारी विभाग र नेफ्स्कुन मार्फत् नेपाल गुणस्तर (प्रोबेसन) ब्राण्ड प्राप्त गर्ने जिल्लाको पहिलो संस्था बनेसँगै २०७७ सालमा पनि नेफ्स्कुन मार्फत् नेपाल गुणस्तर (प्रोबेसन) ब्राण्ड निरन्तरता दिएको छ । हाल संस्था नेफ्स्कुन मार्फत् संचालित एसीयाली स्तरको एक्सेस कार्यक्रममा सहभागी भइरहेको सहकारीले जनाएको छ । 


२५ जनाबाट सुरु २४ वर्षपछि ८ हजार जना पुगे 
त्यस्तै २५ जनाबाट सुरु भएको सहकारी २४ वर्षपछि ८ हजार बढि सदस्य आबद्द रहेका छन् । अजै यसले आफ्नो शाखा, सेवा कार्यालयहरु थपदै रहेको छ । 


चुक्ता पूँजी 
हाल सहकारीको जारी पुँजी रू. ६ करोड रहेको छ । यस संस्थाले प्रति शेयर रू. १००/ का दरले जम्मा ६ लाख थान कित्तामा विभाजन गरिएको जनाएको छ । २०७९ असार ३२ सम्मको रू. ४ करोड ५५ लाख ९९ हजार ५ सय रहेको सहकारी बताउछ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));