प्रदेश ‘ख’ मा पनि माओवादीका चौलागाई सानदार मत सहित  विजयी

| मंसिर ११, २०७९ आइतबार

युबराज चौलागाई, फाइल फोटो ।
A A A
A A A

११ मंसिर, रामेछाप । रामेछापमा प्रदेश सभाको मत गणना पनि सकिएको छ । जसअनुसार गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका युवराज चौलागाइले विजयी हासिल गरेका छन् । प्रतिनिधिसभा तर्फको मत गणना सकिसकेको छ । जसमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ् कान्छाराम भारी मतले बिजयी भएका छन् ।  

 

उनले ४७७३ मतान्तरले चुनाव जितेका हुन । चाैलागाइले २२ हजार ९७८ र घिसिङले १८ हजार २०७ मत पाएमा हुन । 

आज आइतबार बिहान सकिएको गणनामा एमालेका उम्मेद्वार मिलन घिसिङलाई पराजित गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य चौलागाईले विजयी हाँसिला गरेका हुन् । 

 

 

चौलागाईलाई नेपाली काँग्रेस र माओवादी पार्टीको सहयोग थियो भने घिसिङलाई एमालेको मात्रै । उनीहरूबिच चर्को प्रतिस्पर्धा देखियो । 

 

 

 

 

चौलागाई लामो समय पार्टीको विदेश विभागमा काम गरेका अनुभवी नेता मानिन्छन् । साथै उनी बागमती प्रदेशको मुख्य मन्त्रीको प्रमुख दाबेदार समेत रहेको धेरैको आङ्कलन छ। 

 

 

३१ वटा वडाहरू रहेको यस प्रदेश सभा ‘ख’ मा चौल गाईले सुरुवाती अग्रता लिएका थिए भने पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत रहेका घिसिङले दोरम्बा शैलुङ् गाउँपालिका र मन्थली नगरपालिकामा राम्रो भोट पाएका थिए । यद्दपयी अन्तिममा आएर चौल गाईले आफ्नो गृह पालिकाबाट राम्रो मत पाएका हुन । 

 

 

प्रदेश सभा 'क' मा पनि माओवादीका जिल्ला पार्टी सचिव तारानारायण श्रेष्ठ 'बिगुल' निर्वाचित भैसकेका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));