३ सय जना विद्यार्थीलाई न्यानो कपडा दिँदै अध्यक्ष बुढाथोकीले भने ‘आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनु पर्दैन, नेविसंघले पढाउँछ’ (भिडिओसहित)

| माघ १०, २०७९ मंगलबार

A A A
A A A

१० माघ, रामेछाप । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) रामेछापले विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । मंबलबार मन्थली माद्यामिक विद्यालयका तीन सय जना विद्यार्थीलाई नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको व्यक्तिगत लागतमा खरिद गरिएको ३०० थाना न्यानो कपडा, स्कुल ड्रेस प्रदान गरिएको हो । 

 

न्यानो कपडा एक औपचारिक कार्यक्रमकाबीच नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) प्रतिनिधि मूलक रूपमा विद्यार्थीहरूलाई हस्तान्तरण गरे । 

 

दुई÷चार जना विद्यार्थीलाई मात्रै अहिले दिने मानेज्यूबाट प्रदान हुन्छ । बाँकी प्रधानाध्यापक टंकप्रसाद दाहाल मार्फत तपाईँहरूले पाउनु हुने छ, नेविसंघ रामेछापका उपसभापति युवराज सुवेदीले उद्घोष गरे । 

सोही कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले आर्थिक अभावमा पढाई बाट कोही पनि वञ्चित हुनु नपर्ने बताए । उनले पढ्ने चाहना भएको तर, आर्थिक अभावमा पढ्न नपाएको कोही भएमा नेविसंघले पढाउँछ, हामी पडाउँछौँ, सम्पर्कमा आउनुहोस् भने । 

 

गुणस्तरीय र राम्रो शिक्षा नै आजको प्रमुख आवश्यकता रहेकोमा जोड् दिएका अध्यक्ष बुढाथोकीले राम्रो शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई आग्रह गरे । उनले विद्यार्थीहरूलाई नैतिक र गुणस्तरीय शिक्षा लिएर राष्ट्रलाई योगदान गर्न सक्ने व्यक्ति बन्न विद्यार्थीहरूलाई सुझाए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));