मन्थली माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा‍.घिमिरे, सचिवमा खत्री

| फागुन ६, २०७९ शनिबार

A A A
A A A

६ फागुन, रामेछाप । मन्थली स्थित मन्थली विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा.परशुराम घिमिरे चयन भएका छन् । 

 

शनिवार मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न प्रथम अधिवेशनले घिमिरेलाई अध्यक्षमा सर्व सहमतिले चुनेको अधिवेशनमा सहभागी नवीन केसीले रामेछाप टाइम्सलाई बताए । ‘सर्वसहमतीबाट उहाँको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको हो, केसीले भने ।’

 

तत्कालीन महेन्द्रोदय माद्यामिक विद्यालयका विद्यार्थीहरूको यो समूह २०६६ सालमा विधिवत् रूपमा दर्ता भएको केसीले जानकारी गराए । त्यस्तै उपाध्यक्षमा रमेशराज सुवेदी, सचिवमा कुमार खत्री, सहसचिवमा भगवती तामाङ चयन भएका छन् । 

 

कोषाध्यक्षमा अम्बिका देवकोटाले जिम्मेवारी पाएकी छन् । जिल्ला सदरमुकाम मन्थली स्थित रहेको यो विद्यालय समितिले विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै चलायमान बनाउने समितिको योजना छ । 

 

लामो समय विविध कारणले चलायमान हुन नसकेको यो समितिको सदस्यमा विजय कुमार घिमिरे, रमेश उदाश, रमा श्रेष्ठ, हरि कुमार कार्की, शान्ता न्यौपाने (सुवेदी), सरोज श्रेष्ठ, तीर्थ सुवेदी र श्याम श्रेष्ठ रहेका छन् । 

 

मन्थली माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं शिक्षाविद् गुञ्जबहादुर श्रेष्ठको प्रमुख आतिथेतामा भएको कार्यक्रममा बोल्दै शिक्षाविद् श्रेष्ठले यो समितिले विद्यालयको  संस्थागत विकासका लागि सहयोग गर्न सक्नु पर्ने सुझाए । शिक्षाको महत्त्वको बारेमा चर्चा परिचर्चा गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि यो समिति कोशे ढुङ्गा साबित हुन सक्ने शिक्षाविद् श्रेष्ठको भनाई थियो । 

 

त्यस्तै नवनिर्वाचित अध्यक्ष घिमिरेले संस्थालाई पूर्व विद्यार्थीहरूको साझा चौतारीको रूपमा विकास गर्नका लागि आफूले कुनै पनि कसुर बाँकी नराख्ने बताए । आगामी दिनमा संस्थाको गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने उनको भनाई थियो । 

 

प्रथम साधारण सभामा सदस्य नवीन केसीले संस्थाको वार्षिक  तथा आर्थिक प्रतिवेदन पेस गरेका थिए । जुन समितिले पारित गरेको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));