रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नवीनकुमार थापामगरको प्यानलै विजयी (मतसहित)

| फागुन २८, २०७९ आइतबार

A A A
A A A

२८ फागुन,रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ।  ।

 

हिजो शनिवार भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै विजयी निर्वाचित भएको हो । 

 

जसमा अध्यक्षमा निर्वाचित थापामगरले कूल ६७१ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत पाएका छन् । 

 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ६४१ मत सहित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाएकी छन् । 

 

त्यस्तै वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार (सुदिश) ६५५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेतीले ५३७ मत पाएका छन् । 

 

 

उद्योग उपाध्यक्षमा आकाश रिजाल ६५२ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चन्द्रबहादुर मानन्धरले ५३८ मत पाएका छन् । 

 

त्यस्तै महासचिवमा ६०९ मत पाएर कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश उदासले ५८५ मत पाएका छन् । 

 

त्यस्तै सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी ६९९,कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवान सदस्यमा प्रमोदकुमार श्रेष्ठ ६५०, महिला सदस्यमा जया सुवेदी ६७६ मत पाएर निर्वाचित भएका छन् । 

 

भने खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ ६२२,राजु श्रेष्ठ (विजय) ६३०, वासुदेव फुयाँल ७१९, श्यामकुमार श्रेष्ठ ६८० र हरेराम क्षेत्री ६१९ मत ल्याएर निर्वाचित भएका छन् । 

 

गत शनिवार संघको आठौँ जिल्ला अधिवेशन एवं निर्वाचनमा कूल १३ सय ८७ मतमा कूल १२ सय ५३ मत  खसेको थियो । 

 

कसले कति मत पाए हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));