प्रकाशमान सिंह भाेलि रामेछाप आउँदै

| बैशाख १८, २०८० सोमबार

फाइल फाेटाे
A A A
A A A

१८ वैशाख, रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह भाेलि रामेछाप आउने भएका छन् । सिंह आउँदा विशेष कार्यक्रम नभए पनि पार्टीका नेता कार्यकर्तासंग भने भेटघाट गर्ने तयारी भएको नेपाली कांग्रेस उपसभापति लेखबहादुर कार्कीले जानकारी दिए । 

 

सिंह राजनीति भेटघाट र स्मृति सभालाई सम्बाेधन गर्न साेमबार दाेलखा आएका र भाेलि रामेछाप हुँदै काठमाडौं फर्किने तयारी गर्दा यहाँ पनि पार्टीका सबै तहका नेता, कार्यकर्ता, भातृ संगठनका नेतालाई बाेलाएका छाैं पार्टीकाे प्रदेश सभा `ख´ का सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

प्रदेश सभा `ख´ का सभापति श्रेष्ठका अनुसार विशेष कारण नभए पनि पार्टी कार्यकर्ता भेटघाट रहेको र सबैलाई खबरसमेत पठाइ सकिएकाे छ । पूर्व मन्त्री समेत रहेका नेता सिंह पार्टीका परिचित नेता हुन् ।

 

उनका अनुसार मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय भैसेश्वर मन्थलीमा भेटघाट कार्यक्रममा राखिएको छ ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));