सांसद ‘कान्छाराम’ले भने ‘हाइड्रोपावरको सुरुङ फुट्दैन, त्यसको जिम्मेवारी म लिन्छु’ (भिडिओ)

| जेठ ८, २०८० सोमबार

A A A
A A A

८ जेठ, रामेछाप । सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा निर्माणाधीन जलविद्युत (हाइड्रोपावर) को सुरुबाट पानी चुहिएको घटना प्रकरणमा बोल्दै त्यस विषयमा चिन्ता नगर्न आग्रह गरेका छन् ।  उनले भने ‘त्यस बारेमा ठुलो चिन्ता लिनु पर्दैन । त्यो फुट्ने कुनै सम्भावना हुँदैन । त्यो कम्पनीले व्यवस्थापन गर्छ, यदि यसबाट कुनै घटना भएमा म, जिम्मेवारी लिन्छु । 

 

सदरमुकाम मन्थलीमा भएको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिसंघको कार्यक्रममा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् । उनले हाइड्रोको पानी फुटेर बस्ती जोखिममा नपर्ने बताएका हुन् । केही दिन अगाडि निर्माणको अन्तिम चरणमा रहेको लिखु हाइड्रोपावरको सुरुङबाट पानी चुहिँदा स्थानीयहरू त्रसित बनेका छन् ।

 

आफूले पनि जलविद्युत निर्माण गरेको जानकारी दिँदै यो सुरुवाती फेजमा केही समस्या भए पनि कम्पनी आफैले उक्त विषय समाधान गर्ने दाबी गरेका हुन् । सांसद तामाङले सुरुङ हामीले सोचे भन्दा निकै बलियो र व्यवस्थित तरिकाले बनाएको हुने भन्दै नफुट्ने जिकिर गरे । 

सांसद तामाङले के-के भने हेर्नुहोस् भिडिओ

हाइड्रोपावर कम्पनीहरूले त्यहाँका स्थानीयहरूलाई पीडित बनाएको विषयमा जानकार रहेको सुनाउँदै संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधि एक भएर लाग्नु पर्नेमा जोड् दिए । 

 

सोही अवसरमार उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आफूलाई हाइड्रोपावर कम्पनीले मान्छे गन्नै छोडेको गुनासो सुनाएका थिए । साथै पानी चुहिएपछि समाधानको लागि बुझ्न जाँदा त्यसको सुनुवाइ सम्बन्धित निकायले गर्न चासो नदेखाएको सुनाए । 

 

हाइड्रोको कारण आफू निकै दुखित रहेको सुनाएका अध्यक्ष सुनुवारले समाधानको लागि सबै लागिदिने गुहारे ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));