सांसद चौलागाईले भने ‘एक निर्वाचन क्षेत्रमा ‘एक प्राङगारिक मल’ कारखाना खोलेर मलको दीर्घकालीन समाधान खोजौँ’ (भिडिओ)

| जेठ ११, २०८० बिहिबार

A A A
A A A

११ जेठ, रामेछाप । रामेछापबाट निर्वाचित बागमती प्रदेशका सांसद युवराज चौलागाईले प्राङ्गारिक मल कारखाना खोलेर मल सम्बन्धि समस्या दीर्घकालीन समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने ‘प्राङ्गारिक मल कारखाना खोल्न धेरै खर्च पनि छैन । मल कारखाना खोलेर यसको दीर्घकालीन समाधान खोजौँ ।’ 

 

बुधवारको प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौलागाईले यस्तो बताएका हुन् । २०७७ साल देखि यता रामेछाप जिल्लामा मात्रै वार्षिक ७ हजार ७ सय ३१ मेट्रिक्टन मल आवश्यकताको प्रक्षेपण गरे भए पनि ०८० वैशाख पछि हालसम्म ११३ मेट्रिक्टन मात्रै यहाँका स्थानीय तहमा वितरण भएको उल्लेख गरे । ‘यसरी हेर्दा माग र आपूर्तिबिचको ठुलो असन्तुलन देखियो । यसको म कृषि मन्त्री मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

उनले प्राङ्गारिक मल कारखाना खोलेर यसको समाधान गर्न सक्ने विश्वास व्यक्त गर्दै एक निर्वाचन क्षेत्रमा ‘एक प्राङगारिक मल’ कारखाना खोल्नु पर्ने सुझाव दिए । प्राङगारिक मल कारखाना खोल्न जग्गा बाहेक ४ करोड मात्रै लाग्ने बताउँदै नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका सांसद चौलागाईले मल कारखाना खोल्नु पर्नेमा कृषि मन्त्री मार्फत सरकारको ध्यानाकर्षण गरे।  

 

त्यस्तै उनले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखा जिल्लामा पर्ने शैलुङ क्षेत्रको विकासको लागि ध्यानाकर्षण गरे । उनले सो क्षेत्रको विकासको लागि पर्यटन क्षेत्र विशेष कार्यक्रम घोषणा र शैलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि पूर्वधारको विकासको लागि राज्यले सक्दो सहयोग गर्नु पर्ने माग गरे ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));