अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई सर्वसम्मत (भिडिओसहित)

| भदौ ३०, २०८० शनिबार

A A A
A A A

३० भदौ, रामेछाप । नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापको अध्यक्षमा पुष्कर भट्टराई सर्व सहमतिले चयन भएका छन् । भट्टराईको अध्यक्षतामा सबै पदाधिकारीको टिम नै सर्व सहमतिले बनेको घोषणा गरिएको छ । 

 

शुक्रवार हिजो देखि सदरमुकाम मन्थलीमा सुरु भएको अनेरास्ववियुको प्रथम जिल्ला अखिल महोत्सव एवं १३ औँ जिल्ला अधिवेशनबाट भट्टराई जिल्ला अध्यक्षमा निर्वाचित भएको अध्यक्ष मण्डलले केही बेर अगाडि घोषणा गरेको हो । 

 

त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सर्व समितिले घोषणा गरिएको छ । जसमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर छन् । त्यस्तै सचिवमा युवराज सुनुवार चयन भएका छन् । भने, सह –सचिवमा मुकेश भण्डारी, किरण कार्की, सुशील थापा बनेका छन् । 

 

त्यस्तै कोषाध्यक्षमा प्रकाश गौतमले जिम्मेवारी पाउँदा कार्यालय सचिवमा विक्रम खड्का चयन भएका छन् । 

 

अध्यक्ष सर्व सहमतिले निर्वाचित भट्टराई यस अगाडि लामो समय सचिव थिए । अध्यक्षमा भट्टराई सहित मदन खड्का र हिमाल बोहोराले दाबी गरेका थिए । तर, उनीहरूले पार्टीका अग्रज नेताहरूको आग्रह र संगठनको लागि भट्टराईलाई नेतृत्व सुम्पिएका छन् । 

 

भिडिओ हेर्नुहोस्

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));