चैत्र ३ गते काँग्रेस नेता डा.शेखर कोइराला रामेछाप आउने

| फागुन १३, २०८० आइतबार

डा. शेखर कोइराला
A A A
A A A

१३ फागुन, रामेछाप । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला आगामी चैत्रमा रामेछाप आउने भएका छन् । पार्टी संस्थापन इतरपक्षका शीर्ष नेता कोइरालाले रामेछाप आउने कार्य तालिका समेत मिलाएको बताएको उच्च स्रोत जनाएको हो । 

 

रामेछापको रामेछाप नगरपालिका नगर पार्टी समितिको आग्रहमा उनी नगर समितिले गर्ने प्रथम नगर सम्मेलनमा सहभागी हुन डा.कोइराला रामेछाप डाँडा आउन लागेको रामेछाप नगर कार्यसमितिका सभापति कमल विक्रम कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

‘उहाँले पनि रामेछाप आउन अति मन्छ भनेर भन्नुभयो, हामीले नगर सम्मेलनमा उहाँलाई निमन्त्रणा पनि दिइसकेका छौ’ डा.कोइराला चैत्र ३ गते शनिवार नगर सम्मेलनमा आउने प्रस्ट पार्दै सभापति कार्कीले भने ‘स्वकीयलाई भनेर कार्यक्रममा सहभागी हुने समय समेत मिलाइ सक्नुभयो ।’

 

रामेछाप स्थित गौरिशंकर क्याम्पसको प्राङ्गणमा हुने प्रथम नगर सम्मेलनको तयारी समेत अगाडि बढाइ सकेको जानकारी दिँदै डा.कोइराला आउने भएपछि कार्यक्रमलाई गहन ढङ्गले कसरी गर्ने भनेर छलफलमा रहेको कार्कीले बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));