नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछाप नगरपालिकाको अध्यक्षमा पाख्रिन सर्व सहमत

| फागुन २६, २०८० शनिबार

A A A
A A A

२६ फागुन, रामेछाप । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछाप नगरपालिकाको अध्यक्षमा दबिन्द्र कुमार पाख्रिन चयन भएका छन् । उनको अध्यक्षतामा २२ सदस्यीय नगर समिति सर्व सहमतिले चयन भएको हो । 

 

 

शनिवार नगरपालिकामा भएको प्रथम सम्मेलनले सर्वसम्मत रूपमा पाख्रिनलाई अध्यक्षमा चयन गरेको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगरको उपाध्यक्षमा श्रेष्ठ र रेणुका श्रेष्ठ (तामाङ) चयन भएका छन् । 

 

त्यस्तै सचिवमा यमबहादुर श्रेष्ठ, महिला सचिवमा अर्मिला साही, सहसचिवमा लीला मगर र केसर थापा मगर चयन भएका हुन् । 

 

कोषाध्यक्षमा हिमाल भुजेलले जिम्मेवारी पाएका छन् । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));