राष्ट्रिय युवा संघ रामेछापः १४ वटा विभागको प्रमुख तोक्यो, वैशाख १५ र १६ मा आवासीय प्रशिक्षक प्रशिक्षण बैठक राख्ने

| चैत २, २०८० शुक्रबार

A A A
A A A

२ चैत, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रामेछापले ‘विशेष सर्कुलर’ जारी गर्दै मतहतको निकायलाई निर्देशन दिएको छ । साथै संगठनको कामलाई चुस्त व्यवस्थित र सिलसिलाबद्ध बनाउन भन्दै १४ वटा विभागको प्रमुख तोकेको छ । आगामी वैशाखमा उसले तल्लो तहमा कार्यक्रम गर्ने भएको छ । 

 

गत फागुन २८ गते जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर कार्कीको अध्यक्षतामा नेकपा (एमाले) का जिल्ला पार्टी अध्यक्ष आनन्द कुमार श्रेष्ठसहितको उपस्थितिमा बसेको पाँचौं पूर्ण बैठकले जनजीविका, जनसरोकार, सामाजिक न्याय रक्षार्थको लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्यदिशा तय गरेको बैठक पछि जारी निर्णयमा उल्लेख छ ।

 

बैठकले नेताहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ । यस अगाडि युवा संघ नेपाल जिल्ला कमिटी रामेछापको उपाध्यक्ष रहेकी मनिता सुनुवार पार्टीको जिल्ला कमिटी सदस्य मनोनीत भएकाले उनको ठाउँमा सचिव शिव सागर मगरलाई र उप–सचिव रामहरि कार्कीलाई सचिवको जिम्मेवारी दिएको जनाएको छ । 

 

त्यस्तै नेकपा (एमाले) रामेछापको निर्माणाधीन पार्टी कार्यालयको भवन निर्माणलाई टेवा पुयाउने उद्देश्यले संघको केन्द्र, प्रदेश, जिल्ला कमिटीमा रहेका सबैबाट न्यूनतम दुई हजार संकलन गरी एकमुष्ट हस्तान्तरण गर्ने निर्णय गरेको जनाएको छ । 

 

आगामी कार्य योजना समेत तय गरेको बैठकले युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा जिल्ला कमिटी, पालिका र नगर कमिटीका अध्यक्ष र सचिव समेतको सहभागितामा आगामी वैशाख १५ र १६ गते आवासीय प्रशिक्षक प्रशिक्षण र बैठक राख्ने निर्णय गरिएको जनाएको हो ।

 

’निर्णय लक्ष्य, उद्देश्य र कार्यक्रमलाई युवा समुदाय माझ प्रभावकारी तवरले लागू गर्न, विशेष अभियान सञ्चालन गर्ने विभागपालिका वडा स्तरसम्म प्रभावकारी कार्यसम्पादन गर्न, आ–आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ सिर्जनात्मक र प्रभावकारी ढंगले लागू गर्न’ जारी निर्णयमा उल्लेख छ । 

 

निर्णय हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));