राष्ट्रिय परिचय पत्र : रामेछापमा ४ हजार बढीको नाम दर्ता
कोरोनाको कारण परिचय पत्रको काम सुस्तायो
७ वैशाख, रामेछाप । रामेछाप जिल्लामा हाल सम्म ४ हजार भन्दा बढीले राष्ट्रिय परिचय पत्र लिएका छन् ।
गत साउनदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत गत चैत्र मसान्त सम्म ४ हजार २ सय ४३ ले परिचय पत्रको लागि नाम दर्ता गराएको जिल्ला पशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत एंव सूचना अधिकारी युवराज गुरागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार जिल्लामा गत चैत्र मसान्तसम्म २७ सय ३७ पुरूष र १ हजार ५ सय ६ जना महिलाले परिचयपत्रको लागि नाम भरेका हुन् ।
सुरुवाती दिनमा सुस्तदेखिएको नाम टिपाउनेको संख्या पछिल्लो समय बढेपनि दिनानू दिन बढेको कोरोना भाइसर संक्रमणका कारण केही सुस्ताउन थालेको सूचना अधिकारी गुरागाईले बताए ।
त्यस्तै केही समय अघिदेखि सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि पास्पोर्ट (राहाधानी) बनाउनेहरुको लागि परिचय पत्र बनाउन अनिवार्य गरेको पनि उनले जानकारी दिए । पछिल्लो समय राहाधानी बनाउनेको संख्या विगतको तुलनामा केही न्युन देखिएको उनको भनाई छ ।