विप्लव रामेछापद्वार चरणबद्द आन्दोलन सार्वजनिकः यस्तो छ तयारी (भिडिओसहित)

| जेठ २६, २०७९ बिहिबार

A A A
A A A

२६ जेठ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी महासचिव विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धीको बिरुद्धमा चरण बद्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । उसले मसाल जुलुस, हलोजुवासहित प्रर्दशन, खबरदारी पत्र बुझाएर प्रर्दशन गर्न लागेको जानएको छ । 

 

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर विप्लव नेतृत्वको नेकपाले जिल्लासहित देशव्यापी रुपमा सरकारले गरेका राष्ट्रघाति निर्णयहरु, मूल्यवृद्धि, भ्रष्ट्रचार, जेलमा रहेका आफ्ना कार्यकर्ताहरु रिहाई, सरकार र पार्टीबीच भएको तीन बुँदे निर्णय कार्यन्वयको माग गर्दै जेठ अन्तिमदेखि चरणबद्द रुपमा संघर्ष गर्न लागेको पार्टीका जिल्ला सेक्रेटरी इन्द्रबहादुर तामाङ्ले जानकारी दिए । 

 

उनका अनुसार सरकारले पार्टीसंग गरेको तीन बुँदे निर्णय गरेर कार्यन्वय नगरेको भन्दै त्यसलाई तत्काल कार्यन्वय गरि विभिन्न मुद्दामा जेलमा रहेका ३७ जना बन्दीलाई रिहा गर्न माग गर्ने निर्णय पार्टीले गरेको हो । 

 

विप्लव जिल्ला कार्यसमितिले अमेरिकी परियोजना एमसीसी पारित गर्नुलाई राष्ट्रघाती भनेको छ । त्यसको बिरोध स्वरुप असार २ गते बन्दीलाई रिहाइको मागसहित, ५ गते पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बिरुद्ध आन्दोलन गर्ने भएको जानकारी दिए । 

त्यस्तै असोज १ देखि संघीय राजधानीमा पार्टीको ९ औं महाधिवेशन पनि निर्णय गरेको छ । त्यसको लागि आउदो असार १ गतेदेखि जनपरिचालन गर्ने निर्णय गरेको छ । 

 

विप्लवले समाजमा भएको विकृति, विसंगती, बिभेद् र भ्रष्टचारको बिरुद्धमा जिल्लाका ६४ वटैवडामा खबरदारी पत्र पठाउने निर्णय गरेको उनले बताए । 

 

वर्तमान सरकारले गरेका काम जनहितमा नभएको भन्दै बाध्य भएर पार्टी सडकमा जान लागेको पार्टीका केन्द्रिय सदस्य वएं रामेछाप र सिन्धुली जिल्लाका संयुक्त ईन्चार्ज भरतबम रणवीरले बताए ।
 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));