बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड बजेट (पूर्णपाठ)

| असार १, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

१ असार, मकवानपुर । बाग्मगी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि झन्डै ७१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । 

 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश गौरवको आयोजना नयाँ थप गरेको छैन । धेरैजसो पुरानै आयोजनामा जोड दिइएको छ । वन तथा वातावरण मन्त्रालयलाई तीन अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

बजेट प्रस्तुत गर्दै मन्त्री जम्कट्टेलले वनजङ्गल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा बजेट कार्यान्वयन गरिने र प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एक वर्षभित्र १५ हजार बिरुवा रोप्ने बताए ।

 

प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

हेर्नुहोस् पूर्णपाठ 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));