रिता माझीले गरिन् राप्रपा परित्यागकाे घाेषणा

| भदौ २६, २०७९ आइतबार

रिता माझी, फाइल फाेटाे ।
A A A
A A A

२६ भदौ, रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ रिता माझीले पार्टी परित्यागकाे घाेषणा गरेकी छिन् । उनले राप्रपाकाे साधारण सदस्य समेत नरहने गरि पार्टी छाडेको बताएकि छन् । 

 

आइतबार राति ९ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारकी सांसद् समेत रहेकी माझी लामाे समयदेखि आबद्द पार्टी छाडेकाे घाेषणा गरेकी हुन् । अहिलेकाे अवस्थामा पार्टीले देशकाे आवश्यकता अनुसारको नचलेको, समय र परिस्थिति अनुसार चल्न नसकेको, साँघुरो साेच, ब्यवहार, अहंकार र कुण्ठाले भरिएको, पूर्वाग्रही बनेकाे दाबी गर्दै पार्टी छाडेको माझीले उल्लेख गरेकी छन् ।


साथै आफूले जनताकाे सेवा गर्नलाई नयाँबाटाे राेजेकाे  रामेछाप टाइम्सलाई बताइन् । उनले अबकाे बाटाे `किलिएर´ भएको छ  भनिन् । तर, कुन पार्टीमा जाेडिन लागेको बारेमा स्पष्ट खुलाइनन् ।


उनी गत प्रदेश र संघकाे निर्वाचनमा राप्रपाबाट प्रदेशमा समानुपातिकमा विजयी भएकी थिइन् । तत्कालीन समयमा उनी अध्यक्ष कमल थापा निकट् थिइन् । तर, थापाले पार्टी छाडेर राप्रपा नेपाल स्थापना गर्दा उनी राप्रपामै बसेकी थिइन् ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));