अन्नपूर्ण हेलिकप्टरले रामेछापमा व्यावसायिक उडान थाल्यो

२७ असोज, रामेछाप । निजी क्षेत्रको लगानीमा संचालित अन्नपूर्ण हेलिकप्टरले रामेछापबाट व्यावसायिक उडान थालेको छ ।
गत मंगलबार रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली विमानस्थलमा अवतरण गरेर व्यावसायिक उडानमा सुरु गरेको हो ।
कम्पनीका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) का अनुसार ५ सिट क्षमता भएको इक्वेरल हेलिकप्टरमार्फत व्यावसायिक उडान थालिएको हो ।
कम्पनीले २ वटा हेलिकप्टर संचालनमा ल्याउने छ । दोस्रो हेलिकप्टर ३ महिनापछि व्यावसायिक उडानमा थपिने कांग्रेस जिल्ला कार्यासमिति सभापति समेत रहेका तामाङ्ले बताए ।
जिल्लाका नागरिकलाई हेलिकप्टर उडानमा केही सहुलियतको व्यवस्था गर्ने बताएका तामाङ् निर्माण व्यवसायी समेत हुन् । उनले विभिन्न सामाजिक क्षेत्रमा काम गरी समाजसेवीको छवी बनाएका छन् ।