गोकुलगंगाको शिवालयमा ‘शिव महापुराण’, आज समापन हुँदै

| फागुन ६, २०७९ शनिबार

A A A
A A A

६ फागुन, रामेछाप । रामेछापको गोकुलगंग गाउँपालिका वडा नं १ चुचुरेमा हिन्दू धर्म वालम्वीहरुको पवित्र तिर्थस्थलको रुपमा रहेको भगवान शिवका १२ ज्योेतिर्लिङ्ग मध्येको एक घुस्मेश्वर शिवालय मन्दिरमा श्रीमद् शिव महापुराण ज्ञान महायज्ञ भैरहेको छ । महायज्ञ गत माघ २५ गते देखि शुभारम्भ भएको हो । 

 

भगवान शिवका नेपालमै १२ ज्योतिर्लिङ्ग भएको दाबी गर्दै त्यसको प्रचारप्रसार गर्ने, प्रवर्द्धन गर्न शिव महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ । 


उक्त महापुराणमा नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले धार्मिक प्रवचन दिँदै छन् । उनले नेपालमै शिवका १२ वटा ज्योतिर्लिङ्ग रहेको दाबी गर्दै हिन्दू धर्मवलम्बीहरुले महादेव शिवको दर्शनका लागि भारतका विभिन्न स्थानमा धाउनु नपर्ने बताउँदै आएको छन् । सोही कुरालाई यहाँ पनि दोहोर्याएका छन् ।

 


मन्दिर परिसरमा आयोजित शिवमहापुराणमा देवाचार्य पुरुषोत्तम सापकोटा लगाएतका पण्डितहरुबाट श्रीमद्भभागवतको कथा श्रवण भइरहेको अध्यक्ष पुण्यबहादुर कार्कीले बताए । उनका अनुसार एकादस दिवसीय शिव महापुराणमा सयौं श्रद्धालु भक्तजनले कथा श्रवण गर्नुको साथै स्वच्छिक दान गर्दै आएका छन् । महायज्ञ भोली शनिवार समापन हुँदै छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));