मन्थली २ मा महाशिवरात्रीको अवसरमा एकै दिन २ वटा मन्दिर उद्घाटन

| फागुन ७, २०७९ आइतबार

A A A
A A A

७ फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं २ मा एकै दिन दुई वटा मन्थली उद्घाटन गरिएको छ । एउटै वडा भित्र मन्थली नगरपालिका र वडाको लागत साझेदारीमा निर्मित मन्दिरको नगरप्रमुख र वडा अध्यक्षले उद्घाटन गरेका हुन् । 

 

शनिवार महाशिवरात्रीको अवसरमा करम्बोटमा निर्मित शिव मन्दिरको वडा अध्यक्ष समेतको उपस्थितिमा नगर प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका हुन् । त्यस्तै सोही दिन सोही वडाको टेकानपुरमा  निर्मित कुशेश्वर महादेव मन्दिरको जोगिकोकुटीको अध्यक्ष सुरेन्द्र कार्कीले उद्घाटन गरेका हुन् । 

मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं २ को समन्वयमा दुवै मन्दिर बनेका हुन् । विभिन्न कारणले जीर्ण अवस्थामा पुगेका मन्दिरको स्थानीयहरूको पहलमा वडा र नगरको सहयोग पछि पुनः निर्माण गरिएको वडा अध्यक्ष कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

टेकानपुरमा जीर्ण अवस्थामा पुगेको मन्दिर समिति मार्फत बनाइएको हो । निर्माण समितिका अध्यक्ष प्रदीप कार्कीले जीर्ण अवस्थामा रहेको मन्दिर तोकिएको समयमा निर्माण सम्पन्न गर्दै सुन्दर बनाएका हुन् । 

 

महाशिवरात्रिका दिन विशेष पूजापाठ सहित मन्दिर उद्घाटन गरिएको हो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));