यी हुन् रामेछापबाट सशस्त्र द्वन्द्वका क्रममा मारिएका ८८ जना शहीदहरू (सूची)

| चैत ४, २०७९ शनिबार

फाइल फोटो ।
A A A
A A A

४ चैत, रामेछाप । सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माओवादी सशस्त्र द्वन्द्व कालिन घटनाको क्रममा मारिएका शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ । जसमा रामेछापबाट उक्त घटनामा मारिएका ८८ जना सहिदहरु पनि समावेश भएका छन् । 


पछिल्लो समय जनयुद्धको घटनाहरुलाई टुङ्गोमा पुर्याउनु पर्ने र सो समयमा ज्यान गुमाएका १७ हजार बढीको कसले जिम्मा लिने भन्ने मुद्दाले अहिले तत्कालीन घटनामा मुच्छिएकाहरुको टाउको दुखाइको विषय बनिरहेको बेला सरकारले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने प्रदान गर्ने बाटोमा अगाडि बढेको हो । 

 

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको जनाइएको छ । 

 

राजपत्रमा प्रकाशित भएपछि जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएकाले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भइ राज्यबाट प्राप्त गरेको सरह क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।  

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));