नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८, सबै भन्दा धेरै काठमाडौँमा २० लाख बढी

| चैत १०, २०७९ शुक्रबार

तस्बिर: प्रधानमन्त्रीको सचिवालय
A A A
A A A

१० चैत, काठमाडौँ । नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आज शुक्रवार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको १२ औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ .०२ प्रतिशत महिला रहेका हुन् । कुल जनसङ्ख्यामा अन्य लिङ्गी २ हजार ९२८ जना रहेको उल्लेख छ । 

 

यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९२ जना कम जनसङ्ख्या सार्वजनिक भएको हो । 

राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौँ रहेको छ ।

 

काठमाण्डौमा २० लाख ४१ हजार ५८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा ५ हजार ६८५ जना रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४०.१ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६२४ जना र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९४८ जनसङ्ख्या रहेका छन् । 

 

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो  । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));