प्रदेश खारेजी जनताले अस्वीकार गरे,गर्छन् - मुख्य मन्त्री जम्कट्टेल (भिडिओ)

| जेठ १, २०८० सोमबार

भिडिओ केही वेरमा
A A A
A A A

१ जेठ, रामेछाप । बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश खारेजी जनताले अस्वीकार गरेको दाबी गरेका छन् । उनले सङ्घीयता खारेजीको आवाज उठ्न थालेको उल्लेख गर्दै भने ‘प्रदेश सरकार र सङ्घीयता चाहिछ कि चहिदैन भन्ने बहस उठान गर्न खोजीएको छ । यद्दयपी त्यो जनताले स्वीकार गरेका छैन । गर्दैनन् र गर्नु पनि हुँदैन ।’ उनले थपे ‘सङ्घीयता त्यस्तो देशमा लागू हुन्छ । राजनीतिक, सामाजिक, आर्थिक र विकासमा विवाद भएका मुलुकमा लागू हुन्छ । त्यसैले नेपालमा त्यो सही छ ।’

 

रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण एवं उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री कट्टेलले यस्तो बताएका हुन् । 

 

देश विकासमा अहिले प्रदेशको प्रमुख भूमिका भएको जिकिर गर्दै प्रदेश सरकार रहेन भने स्थानीय सरकार नरहने उनको दाबी छ । ‘प्रदेश सरकार खारेज गरे सङ्घीय सरकार पनि यस्तो रहँदैन अनि स्थानीय सरकार पहिलेकै गाविस वडाहरूमा जान्छ ।’

 

प्रदेश खारेजीको आवाज उठेको प्रति आक्रोशित देखिएका मुख्य मन्त्री कट्टेलले जुनसुकै पार्टीबाट आवाज उठे पनि ती तत्त्वहरू यो व्यवस्था उल्ट्याउन लागि परेको जिकिर गरे । उनले देश विकास गर्न तीन तहको समन्वय हुनु पर्नेमा जोड् दिए । 

 

माओवादी केन्द्रका नेता समेत रहेका मुख्य मन्त्री कट्टेलले आगामी साउनदेखि ५० लाख भन्दा मुनिका सबै योजना स्थानीय सरकारले काम गर्ने गरी योजना अगाडि बढाएको जानकारी दिँदै यसको लागि आवश्यक काम समेत मन्त्रालयमा भइरहेको जानकारी दिए । 

 

विगतका प्रदेशका मन्त्रीहरूले आफ्नो गृह जिल्लामा मात्रै बजेट हाल्ने गरेको स्मरण गर्दै त्यो परि पार्टी अन्त्य गर्ने आश्वासन दिए । 

 

करिब १५ सय बढी विद्यार्थीको माझ बोल्दै मुख्य मन्त्री कट्टेलले अबको शिक्षा व्यवहारिक र प्रयोगात्मक हुनु पर्नेमा जोड् दिए । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));