नेपाल माझी उत्थान संघ केन्द्रीय अध्यक्षमा चिनी माया माझी, सचिवमा रामेछापका गोपाल

| जेठ १७, २०८० बुधबार

A A A
A A A

१७ जेठ, रामेछाप । नेपाल माझी उत्थान संघ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । विगत १२ वर्षदेखि विविध कारणले हुन नसकेको अधिवेशन यो पटक सम्पन्न भएको हो । नयाँ कार्यसमिति गठन गर्दा रामेछापका गोपाल माझी केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । उनी निवर्तमान वडा अध्यक्ष समेत हुन् । 

 

गत १४ गतेदेखि १६ गते सम्म चलेको अधिवेशनबाट संघको केन्द्रीय अध्यक्ष चिनी माया माझी निर्वाचित भएको रामेछापबाट अधिवेशनमा सहभागी बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा गोपाल माझी,  उपाध्यक्ष कृष्ण माझी र महासचिवमा बबिन्द्रबराल माझी चयन भएका छन् । कोषाध्यक्ष सन्तबहादुर माझीले जिम्मेवारी पाउँदा सह–कोषाध्यक्षमा सृजना माझी चयन भएकी छन् । 

 

 

सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवन स्थित नेपाल माझी उत्थान संघको सङ्ग्रहालयमा तीन दिन भएको  चौथौँ अधिवेशनबाट रामेछाप मन्थलीका गोपाल माझी सचिव बनेका छन् । 

 

निर्वाचित समितिका पदाधिकारीको ३ वर्षे कार्यकाल हुने छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));