के हुँदै छ काँग्रेस महासमिति सदस्य निर्वाचन रामेछापमा, निर्वाचन प्रमुख दाहाल यसो भन्छन् ?

| माघ २९, २०८० सोमबार

कांग्रेस नेता कार्यकर्ताहरुले महासमिति सदस्यमा सहमतिबाटै चयन गरेको भन्दै नाम उल्लेख गरिएका नेताहरु ।
A A A
A A A

२९ माघ, रामेछाप । फागुन १ गते अर्थात् भोलि मंगलबार मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढेको नेपाली काँग्रेस रामेछापको ‘महासमिति सदस्य’ निर्वाचन सहमतिमै सदस्य चयन भएपछि टुङ्गिएको बुझिएको छ । निर्वाचन समितिले भने छलफलमै रहेको जवाफ दिएको छ । 

 

पहिलो पटक गएको पुस ६ गते नै मतदान मार्फत महासमिति सदस्य चयन गर्ने गरी अगाडि बढेको निर्वाचन प्रक्रिया पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अस्वास्थ्य भएको विशेष कारण सहित अनिश्चित कालको लागि स्थगित भएको थियो । 

 

माघ २ गते सम्म जिल्लाबाट महासमिति सदस्य चयन भएको जानकारी नआएको भन्दै केन्द्रीय निर्वाचन समितिले पत्र पठाएर २० माघ भित्र जानकारी नगराए फागुन ७ देखि १० गते सम्म हुने  महासमितिको बैठकमा सहभागी हुन नपाउने भन्दै जानकारी गराएको थियो । 

 

त्यसपछि अगाडि बढेको निर्वाचन प्रक्रिया विगतमा दुई गुटमा विवादित बनेर चुनावी मैदानमा उत्रिएका नेता एवं महासमिति सदस्यका उम्मेद्वारहरु एकाएक एकै ठाउँमा उभिएर सहमति मार्फत नै सदस्य चयन गर्न सफल भएका हुन् । 

 

आकांक्षी धेरै रहेकाले सहमतिमा कुरा नमिल्ने अडान सहित दुई गुटबाट २१ जनाको उम्मेदवारी दर्ता भएको थियो । तर, गत शुक्रवार पार्टी सभापति तामाङ सहित पूर्व पार्टी सभापति रामचन्द्र खड्का, निर्वतमान सभापति लवश्री न्यौपानेसहितले अग्रज नेताहरूलाई स्थान दिँदै सहमतिमै सदस्य चयन गर्न सहमति गरेको सार्वजनिक भएको हो । 

 

उक्त सहमति उम्मेदवारी दर्ता गरेका केही उम्मेद्वारहरुले भने आफूहरूसँग छलफल बिना गरिएको भन्दै विधि सम्मत नभएको धारणा सामाजिक सञ्जाल मार्फत बोलिरहेका छन् । 

 

यद्दयपी पार्टीका दुवै समूहका शीर्ष नेताहरूको सहमतिबाट नेता ध्रुवहरि ढुङ्गेल, झपडराज भण्डारी, नरबहादुर थापा मगर, केशव चालिसे, महेश कार्की, जितेन्द्र मोक्तान, रत्न कार्की, गंगा अधिकारी, विनीता खड्का, कुमारी हायु र बलबहादुर परियारलाई महासमिति सदस्य चयन गरेका छन् । 

 

नेता ढुङ्गेल, भण्डारी, थापा मगर, रत्न कार्की र चालिसे खुल्ला सदस्यबाट महासमिति सदस्य चुनिएका हुन् । 

 

मोक्तान जनताती कोटाबाट सदस्य मनोनीत हुँदा महेश कार्की खस आर्यबाट, अधिकारी र खड्का खुल्ला महिलाबाट चयन भएको बुझिएको पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

गत मंसिर २४ गते भएको उम्मेदवारी दर्ता कै क्रममा दुवै पदमा एकल उम्मेदवारी मात्रै परेपछि निर्विरोध निर्वाचित हुने सम्भावना बोकेका जनजाति महिला सदस्य कुमारी हायु र दलित कोटाबाट परियार पनि सहमतिमै महासमिति सदस्य चयन भएका छन् । 

 

सहमति र छलफलबाटै सदस्य मनोनीत गरिएको नेपाली काँग्रेस रामेछापका निवर्तमान सभापति लवश्री न्यौपानेले बताए । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामले पनि सहमति नजिक पुगेको बताउँदै भोलि (मंगलबार) सहमति मै चयन गरिने बताए । 

 

अधिकांश कार्यकर्ताहरूले सहमतिबाटै सदस्य चयन गरेको खुसी व्यक्त गर्दै सामाजिक संजालमा बधाई समेत दिई रहेका छन् । तर, निर्वाचन प्रमुख कुशप्रसाद दाहालले भने छलफलकै चरणमा रहेको रामेछाप टाइम्सलाई बताए । 

गएको मंसिर १५ गते दुई समूहबिच काठमाडौंमा सहमतिमा महासमिति सदस्य टुङ्ग्याउने विषयमा छलफल हुँदै गर्दा । उक्त छलफल गठित समितिको आह्वनमा बसेको थियो । तस्बिर फाइल । 

 

सोमबार साँझ ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने निर्वाचन कार्य तालिका सार्वजनिक गरेका निर्वाचन प्रमुख दाहालले रामेछाप टाइम्ससंगको कुराकानीमा भने ‘आन्तरिक छलफल हुँदै छ । उम्मेदवारी फिर्ता पनि हुने क्रममा छ । भोलि सम्म सबै टुङ्गिन्छ ।’

 

सहमतिमै सदस्य चयन गरेर बधाई समेत दिई रहेको देखिन्छ ।निर्वाचन सहमतिले चयन भएको प्रमाणपत्र समेत प्रदान गरेको भन्ने पनि सुनिन्छ भन्ने प्रश्नमा उनले थप बोल्न चाहेनन्  । 

 

११ जना सदस्य चयनमा मतदान नहुने निश्चित बनी सकेको अवस्थामा निर्वाचन प्रमुख दाहालले भने छलफल आन्तरिक छलफल अन्तिम चरणमा भएको बताएका हुन् । आन्तरिक छलफलबाट सहमतिमा टुङ्ग्याइएको बुझिएको छ । तर, यो विषयमा प्रमाणपत्र नबुझ्दा सम्म नेताहरु थप प्रष्ट भने पार्न आनाकानी गरेका हुन् । 

 

पार्टी सचिव दीपक खड्काले भने सहमति बाटै सदस्य चयन गर्नु सकारात्मक पक्ष भए पनि विधि सम्मत नभएको जिकिर गर्दै शीर्ष नेताहरूलाई प्रहार गरेका छन् । 

 

पार्टी नेतृत्व र पार्टीलाई विधि सम्मत तरिकाले चलाउनु पर्ने माग गर्दै खरो रूपमा प्रस्तुत हुँदै आएका सचिव खड्काले सार्वजनिक रूपमै महासमिति सदस्य चयन विधि सम्मत नभएको बताएका हुन् । 

 

सामाजिक संजालमा लेख्दै ‘विधि भन्ने दिनको पनि आजबाट  समाप्त भएको छ ।  त्याग, निष्ठा र सम्मानको राजनीतिक पनि समाप्त भएको देखियो । निर्णय कर्ता ज्युहरूमा दया भाव र मानवताको भने परकास्टनै भएको पाइयो’ लेखेका हुन् । 

 

सचिव खड्काले सहमति गरेर जानू स्वागत योग्य भएको तर उम्मेद्वारहरुसंग पूर्ण छलफल बिनै अन्तिम निर्णयमा जानू गलत भएको दाबी गरे। 

 

यो हेर्नुहोस् सचिव खड्काले फेसबुकमा लेखेको धारणा 
 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));