आज तरुण दल रामेछापले मन्थलीमा ‘पहिलो तरुण सम्मेलन’ गर्दै

| चैत २, २०८० शुक्रबार

A A A
A A A

२ चैत, रामेछाप । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल रामेछापले आज रामेछापको सदरमुकाम मन्थलीमा पहिलो ‘तरुण सम्मेलन’ गर्दै छ । यो सम्मेलन पहिलो पटक हुन लागेको हो । 

 

शुक्रवार आज गोकुलगंगा गाउँपालिकाका अध्यक्ष समेत रहेका तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षता, उदय शम्शेर राणाको प्रमुख आतिथ्यता र तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पार्टी बागमती प्रदेश समितिका अध्यक्ष इन्द्र बानियाँ र नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष आतिथ्येतामा ‘सम्मेलन’ हुन लागेको नेपाल तरुण दल रामेछापले जनाएको हो । 

 

जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा बिहान ११ बजे देखि हुने कार्यक्रमको तयारी पूरा भएको तरुण दल रामेछापले जानकारी दिएको छ । 

 

जिल्लाका सबै नगर र पालिका समितिका तरुणहरू, पार्टी समितिका नेता कार्यकर्ता, नेविसंघको भव्य उपस्थिति हुने यो सम्मेलनमा ४ सय बढीको उपस्थिति हुने जिल्ला अध्यक्ष (दिनेश) ले जानकारी दिए । 

 

विभिन्न कारणले सङ्गठनलाई केही सुस्त देखिन पुगिरहेको अवस्थामा युवाहरूलाई जागरुको पार्न र सङ्गठनलाई थप चलायमान बनाउनको लागि यो सम्मेलन गर्न लागेको तरुण दल रामेछापले जनाएको हो । 

 

यो सम्मेलनले बाट तरुण युवाहरूमा नयाँ जागरण ल्याउने र नगर, पालिका सहित वडा तह सम्म विभिन्न जागरणका कार्यक्रम गर्ने पहल गर्ने आयोजकको योजना रहेको अध्यक्ष खड्काले प्रस्ट पारे । 

 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));