वर्षौदेखि तिर्दै आएको कर फेरी तिर्नुपर्ने भएपछि रामेछापका व्यवसायीहरु आक्रोशित

| साउन २४, २०७९ मंगलबार

फाईल तस्विर ।
A A A
A A A

 २३ साउन, रामेछाप । राज्यले कर लिएको हिसाव दुरुस्त नराख्दा रामेछापका व्यवसायिहरुले दोहोरो कर तिर्नुपर्ने भएको छ । बर्षौ देखि कर तिर्दै आएका व्यवसायीहरुको समेत बक्यौता देखाएपछि व्यवसायीहरुमा अन्यौलता बढेको हो ।


रामेछाप जिल्लाका व्यवसायीहरुले २०५८ साल देखि कर कार्यालय जनकपुरमा कर वुझाउनु पर्दथ्यो । उक्त कार्यालयमा कर वुझाएको करको रेकर्ड सरकारसंग नभएको तर बक्यौता लगत मात्र रहेकोले व्यवसायीहरु मर्कामा परेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । 


जनकपुरको कर कार्यालय भक्तपुर, धुलिखेल हुदै हाल करदाता सेवा कार्यालयको रुपमा रामेछाप आएपछि व्यवसायीको लगत बारे जानकारी पाएका हुन । धेरै व्यवसायीको बर्षौ देखिको कर नबुझाएको बक्यौता करदाता सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ । 


रामेछापका धेरै व्यवसायीहरुको २०५१÷५२ देखिको कर तिर्न बांकी रहेको लगत कर कार्यालयले कसेको छ । जवकि जनकपुर, भक्तपुर र धुलिखेल कर कार्यालयमा हरेक बर्ष कर दाखिला गरी कर चुक्ता समेत लिदै आएका व्यवसायीको लगत समेत सो लगतमा समावेश गरीएको छ ।  कर कार्यालयको सफ्टवेयरमा पहिले वुझाएको करको विवरण प्रविष्टि नगर्दा समस्या भएको हुन सक्ने करदाता सेवा कार्यालय रामेछापले जनाएको छ । 


रामेछाप उद्योग वाणिज्य संघले व्यवसायीलाई दोहोरो कर लगाउने गरी राखिएको उक्त तथ्याङकलाई सुधारका लागि माग गरेको संघका कार्यकारी अधिकृत नविन केसीले वताएका छन् । उनले नेपाल उद्योग वाणिज्य संघ मार्फत समस्याको समाधानका लागि पहल गर्न समेत पत्राचार भएको वताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));